Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

मन्त्रिपरिषद पुनर्गठनबारे सर्वोच्चले दिएन अन्तरिम आदेश, सरकारसँग लिखित जवाफ माग

मन्त्रिपरिषद पुनर्गठनबारे सर्वोच्चले दिएन अन्तरिम आदेश, सरकारसँग लिखित जवाफ माग

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

जेठ २५, २०७८ मंगलवार • १६:०९:०६ बजे
  • 1.3K
    SHARES
  • मन्त्रिपरिषद पुनर्गठनबारे सर्वोच्चले दिएन अन्तरिम आदेश, सरकारसँग लिखित जवाफ माग

    पोखरा । सर्वोच्च अदालतका न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलाशले प्रधानमन्त्री केपी ओलीले गरेको मन्त्रिपरिषद पुनर्गठनसम्बन्धमा परेको मुद्दामा सर्वोच्च अदालतले अन्तरिम आदेश दिएन ।

    images

    पुनर्गठन गरेका सम्बन्धमा सरकारसँग लिखित जवाफ भने मागेको छ । सर्वोच्चले राष्ट्रपति कार्यालय, प्रधानमन्त्री ओलीलगायतका विपक्षीसँग मन्त्रिपरिषद पुनर्गठन गर्नुका कारण १५ दिनभित्र पेश गर्न आदेश दिएको हो । सर्वोच्चले यो विषयमा अन्तरिम आदेशका लागि दुवै पक्षलाई असार ८ गते छलफलमा बोलाएको छ ।

    मन्त्रिपरिषद गठनविरुद्धमा सर्वोच्च अदालतमा ६ वटा रिट निवेदन दर्ता गरिएको छ । संसद विघटन गरी निर्वाचन गराउने घोषणा गर्नुभएका प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद विस्तार गर्नु संविधान विपरीत हुने भन्दै मुद्दा दायर गरिएको हो ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology