नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभा पुनर्स्थापना हुने विश्वास व्यक्त गरेका छन् । तामाङ राष्ट्रिय मुक्ति मोर्चा नेपालको मंगलबार केन्द्रीय कमिटीको भर्चुअल बैठकलाई सम्बोधन गर्दै प्रचण्डले संसद पुनर्स्थापना हुने बताए ।
गत पुस ५ गते भएको संसद विघटन सर्वोच्च अदालतबाट पुनर्स्थापित भएको स्मरण गर्दै प्रचण्डले भने, ‘त्यतिबेला पनि मैले हामी जिउँदै छौं भनेका थियौं, अहिले त झन् नांगो रुपमा संसद विघटन गरिएको छ, त्यसकारण सर्वोच्चबाट संसद पुनर्स्थापना हुन्छ ।’ ‘पहिलोपटक चाहिं नेपाली कांग्रेस पनि के हो के हो भन्नेमा थियो, अहिले त कांग्रेस यो प्रतिगमन नै हो भन्नेमा छ ।
जनता समाजवादी पार्टीका उपेन्द्रजीहरु पनि साथमा छन् । माधवजीहरु पनि सँगै हुनुहुन्छ, जनमोर्चा पनि साथमा छ,’ प्रचण्डले भने ।