Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

मैले कुनै पत्रकारलाई धम्की दिएको छैन :निवर्तमान मन्त्री आले

मैले कुनै पत्रकारलाई धम्की दिएको छैन :निवर्तमान मन्त्री आले

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

जेठ २५, २०७८ मंगलवार • १६:२६:२० बजे
  • 1.0K
    SHARES
  • मैले कुनै पत्रकारलाई धम्की दिएको छैन :निवर्तमान मन्त्री आले

    निवर्तमान वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले आफूले पत्रकारलाई धम्की दिएको भन्दै विभिन्न सञ्चारमाध्यममा आएका समाचारप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताएका छन् ।

    images

    उनले आज एक विज्ञप्ति प्रकासित गरी नेपाल पत्रकार महासङ्घ, कान्तिपुर प्रतिष्ठान शाखाका पत्रकार अब्दुल्लाह मियाँलाई समाचार लेखेकै आधारमा धम्की दिएको भन्दै विभिन्न सञ्चारमाध्यममा समाचार प्रकासित भएपछि आफ्नो गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेका हुन् ।

    राष्ट्रको चौथो अङ्गका रूपमा रहेको पत्रकार तथा पत्रिकारिता क्षेत्रको उच्च सम्मान गर्दै आफूले पत्रकारका समस्याका विषयमा जहिले पनि समाधान गर्न लागि परेको र अबका दिनमा पनि सहयोग गरी रही रहने उहाँले प्रतिवद्धता व्यक्त गरेका छन् । उनले विज्ञप्तिमा भनेका छन्– ‘बिना कारण मेरो चरित्र हत्या गर्ने खालका समाचार सम्प्रेषण नगरी दिनसमेत सबैमा आग्रह गर्दछु ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • # मन्त्री आले
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology