नेकपा(एमाले) का उपाध्यक्ष एवं पार्टी एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीले पार्टी एकताका लागि गरेको प्रयास इमान्दार प्रयत्न नभएको भन्दै शंका जनाएका छन् । गौतमले विज्ञप्ति जारी गरी पार्टी अध्यक्ष ओलीले पार्टी एकताको नाममा कुटिल चातुर्यता र जालझेलको अनुमान गर्न सकिने भाषाशैलीको प्रयोग गरेको भन्दै विरोध जनाएका हुन् ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीले यही जेठ २३ गते राती जारी गरेको पार्टी एकता आह्वानसम्बन्धी वक्तव्यपछि आफ्नो धारणा सार्वजनिक गर्दै उपाध्यक्ष गौतमले पार्टीलाई २०७५ जेठ ३ गते पूर्वको अवस्थाबाट अगाडि बढाइने छ भन्ने विषयलाई सकारात्मक रुपमा लिन सकने भए पनि सोही सन्दर्भमा जनवर्गीय संगठनहरुका संरचनाका विषयमा व्यक्त विचारले अध्यक्ष ओलीको कदममाथि शंका गर्नुपर्ने स्थिति आएको जनाए।
यस्तो छ गौतमको वक्तव्यः
