चीन र भारतबीच पटक पटक युद्ध र तनावग्रस्त रहँदै आएको लद्धाखमा पुनः तनाब बढ्ने संकेत देखिएको छ । गत वर्ष जुन २० मा भएको झडपमा २० भारतीय सेना र केही चीनीया सेना मारिएको घटनापछि युद्धउन्मुख भएका दुबै देशले वार्ता मार्फत सेना पछि हटाउने सहमति गरेका थिए । तर अब दुबै तर्फबाट तैनाथी बढाउन शुरु भएको छ ।
हालै चीनले ठूलो स्केलमा हवाई युद्धअभ्यास गरेको भन्दै भारतले फ्रान्सबाट ल्याएको अत्याधुनिक लडाकुविमान राफेल तैनाथ गरेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । भारतीय उच्च सरकारी सुत्रहरुलाई हवाला दिँदै ईन्डिया टुडेले चीनले पुर्वी लद्धाख नजिक २० अत्याधुनिक लडाकु विमान सहित सैन्य अभ्यास गरेको लेखेको छ ।
अहिले भारतले राफेल सहित अत्याधुनिक लडाकु विमान, चीनीया सैन्य अड्डाहरुको निगरानीका लागि स्याटेलाईटको प्रयोग गरिएको समाचारमा उल्लेख छ । चीन र भारतबीच १९६२ मा युद्ध भएयता पटक पटक तनाव बढेपनि औपचारीक युद्ध भएको छैन । दुबैदेशबीच करीब ३५ सय किलो मिटर लामो सीमा विवाद रहेको छ ।