Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

अमेरीकामा एक खोप लगाउन,एक खिल्ली गाँजा तान्ने अफर

अमेरीकामा एक खोप लगाउन,एक खिल्ली गाँजा तान्ने अफर

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

जेठ २६, २०७८ बुधवार • ११:०४:२५ बजे
  • 1.2K
    SHARES
  • अमेरीकामा एक खोप लगाउन,एक खिल्ली गाँजा तान्ने अफर

    अमेरिकाको वासिङ्टन राज्यले कोरोनाभाइरसविरूद्धको खोप लगाउने २१ वर्ष माथिका नागरिकलाई खोप लगाउने वित्तिकै एक खिल्ली गाँजा वितरण गर्ने भएको छ । उक्त कार्यक्रमको नाम जोइन्ट्स फर ज्याब्सु राखिएको छ। यो अभियान जुलाई १२ सम्म राखिने छ । वासिङ्टन राज्यमा अहिलेसम्म ५८ प्रतिशत मानिसले मात्र कोरोनाको पहिलो डोज लगाएका छन् ।

    images

    खोप लगाउनेलाई यस्ता विभिन्न उपहार योजना यसअघि अमेरिकाका अरू राज्यले पनि ल्याएका थिए। एरिजोनामा पनि कोरोना खोप लगाउँदा गाँजा दिने कार्यक्रम सुरू गरिएको थियो।

    केही राज्यले खोप लगाउनेलाई सित्तैमा बियर दिने, केहीले विश्वविद्यालयमा छात्रवृत्ति दिने गरेका छन् भने केहीले लाखौं डलरको चिठ्ठा राखेका छन्। अमेरीकामा मानिसहरुले खोपमा रुची देखाउन छाडेपछि यस्तो अफर ल्याईएको हो ।

  • सम्बन्धित विषय:

  • # गाँजा तान्ने अफर
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology