Logo

मंगलवार, कार्तिक १८ गते २०८३

images
images

प्रतिनिधिसभा विघटन मुद्दा : 'एमीकस क्युरी' झिकाउन आदेश , एमीकस क्युरी भनेको के हो ?

प्रतिनिधिसभा विघटन मुद्दा : 'एमीकस क्युरी' झिकाउन आदेश , एमीकस क्युरी भनेको के हो ?

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

जेठ २६, २०७८ बुधवार • १९:०३:१६ बजे
  • 835
    SHARES
  • प्रतिनिधिसभा विघटन मुद्दा : 'एमीकस क्युरी' झिकाउन आदेश , एमीकस क्युरी भनेको के हो ?

    पोखरा । प्रतिनिधिसभा विघटन मुद्दामा अन्तिम सुनुवाइका लागि संवेधानिक इजलासले 'एमीकस क्युरी' झिकाउन आदेश दिएको छ । बुधबारको सुनुवाइपछि जारी आदेशमा ४ सदस्यीय एमीकस क्युरीको नाम झिकाउन भनिएको छ ।

    images

    संवैधानिक इजलासद्वारा एमीकस क्युरीका लागि नेपाल बार एशोसिएसन र सर्वोच्च अदालत बारबाट दुई-दुई जना वरिष्ठ अधिवक्ताको नाम झिकाउन आदेश दिएको हो । आदेशमा लेखिएको छ, 'अदालतको सहयोगी (एमीकस क्युरी)को रूपमा नेपाल बार एशोसिएसन र सर्वोच्च अदालत बारबाट दुईदुई जना विद्वान् वरिष्ठ अधिवक्ताहरूको सहयोग उपलब्ध गराइदिन तत्काल लेखिपठाउनू ।'

    प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा, न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, इश्वर खतिवडा र आनन्दमोहन भट्टराईको इजलासले एमीकस क्युरी झिकाउने आदेश गरेको हो । संवैधानिक इजलासद्वारा एमीकस क्युरीका लागि नेपाल बार एशोसिएसन र सर्वोच्च अदालत बारबाट दुई-दुई जना वरिष्ठ अधिवक्ताको नाम झिकाउन आदेश दिएको हो ।

    पुस ५ गतेको प्रतिनिधिसभा विघटनपछिको मुद्दामा ५ सदस्यीय एमीकस क्युरी गठन गरिएको थियो । यसपटक चार जनाको मात्रै एमीकस क्युरी गठन भएको हो । प्रतिनिधिसभा विघटनसम्बन्धि मुद्दाको अन्तिम सुनुवाइ असार ९ गतेदेखि निरन्तर गर्नेगरी आदेश भएको छ । सुनुवाइका क्रममा रिट निवेदक, विपक्षी र एमीकस क्युरीका लागि समय पनि आदेशसँगै तय गरिएको छ ।

    एमीकस क्युरी भनेको के हो ?

    एमीकस क्युरी अदालतले इजलासलाई सहयोग गर्न बनाउने विज्ञको टिम हो । इजलासले आफू समक्ष विचाराधीन रहेको कुनै मुद्दाको प्रकृति र गम्भीरतालाई विचार गरी कुनै विषयमा विशेष ज्ञान र अनुभव रहेको कानुनको प्राध्यापक, कानुन व्यवसायी र विषयविज्ञ वा त्यस्तो विषयमा विशेष योगदान पुर्याएको कुनै व्यक्तिलाई इजलासको सहयोगी (एमीकस क्युरी) को रूपमा झिकाई निजको राय लिन सक्नेछ ।

  • सम्बन्धित विषय:

  • # एमीकस क्युरी
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology