पोखरा । प्रदेश न २ का मुख्यमन्त्रि लालबाबु राउतले काङ्रेस र माओवादीलाई लिएर मन्त्रिमण्डल विस्तार गर्ने भएका छन । मुख्यमन्त्रि राउतले आज नै काङ्रेसवाट तीन र माओवादीवाट २ जना गरी पाचँ जनालाई आज साझँ नै सपथ खुवाउने तयारी गरेका हुन ।
स्रोतका अनुसार काङ्रेसबाट रामसरोज यादवको नेतृत्वमा, ओमप्रकाश शर्मा र वीरेन्द्र सिंह मन्त्री बन्नेछ भने यता माओवादी केन्द्रको तर्फबाट भरत साह र जगत यादव मन्त्री बन्नेछन ।
मुख्यमन्त्रि राउत र काङ्रेसबीच भएको सहमतिमा काङ्रेसक संसदीय दलका नेता राम सरोज यादवलाई भौतिक मन्त्रालय, ओमप्रकाश शर्मा खानेपानी तथा सिँचाई र वीरेन्द्र सिंहलाई संचार मन्त्रालयको जिम्मा दिइने छ । यता माओवादीका नेतालाई कुन मन्त्रालय दिने भने कुरा अझै टुङो नलागेको स्रोतको दावी छ ।