पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्रि पृथ्वी सुब्बा गुरुङले बिहिवार प्रदेश सभामा दोस्रो पटक विश्वासको मत लिदै छन । यता गुरुङको विश्वासको मतलाई असफल गराउन काङ्रेस माओवादी जसपा र जनमोर्चा भने एक भएका छन ।
उनीहरुले आ आफ्नै पार्टीबाट ह्विपजारी गर्दै विश्वासकोमतको विपक्षमा मतदान गर्न निर्देशन गरेका छन । ६० सदस्यीत रहेको गण्डकी प्रदेश सभामा सतारुढ एमालेको २७ सांसद र एक स्वतन्त्र गरी २८ मत रहेको छ । विश्वासको मत लिनलाई गुरुङलाई ३१ मत आवश्यक पर्छ ।
राष्ट्रिय जनमोर्चाका सांसद कृष्ण थापा भने वर्तमान सरकारलाई नै समर्थन गर्ने अडानमा रहेका कारण केही समयअघि पार्टीको कारवाहीमा परेका भए पनि सर्वोच्च अदालतको अन्तरिम आदेशका कारण सांसदकै रुपमा बहाल भएका छन् । उनले ह्वीप उल्लंघन गरेर सरकारलाई विश्वासको मत दिएको अवस्थामा समेत आवश्यक बहुमत जुट्न नसक्ने देखिन्छ ।
अर्कोतिर विपक्षी गठबन्धनमा पनि काँग्रेसको १५, माओवादी केन्द्रको सभामुख बाहेक ११, राष्ट्रिय जनमोर्चाको ३ र जसपाको २ सांसद गरी जम्मा ३१ मत पुग्छ । तर जनमोर्चाका कृष्ण थापाले विपक्षी गठबन्धनलाई साथ दिनेमा आशंका रहेका कारण विपक्षी गठबन्धन पनि आफ्नो पक्षमा बहुमत जुट्नेमा ढुक्क छैन ।