पोखरा । प्रतिनिधि सभाका सभामुख अग्नि प्रसाद सापकोटाले प्रधानमन्त्री सहित अन्यलाई सर्वदलीय छलफलमा सहभागी हुन निमन्त्रणा गरेका छन ।
उनले प्रधानमन्त्री केपी शर्माओलीलाई बैठकमा सहभागी हुन भन्दै पत्र लेखेका हुन । उनले समसामयिक विषयमा संघीय संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रमुखहरु र पूर्व प्रधानमन्त्रीहरुसँग छलफल गर्न लागेकोले २८ गते शुक्रबार संघीय संसद बानेश्वरको लोत्से हलमा सहभागी हुन आग्रह गरेका छन् ।
सभामुख सापकोटाले राजनीतिक दलका प्रमुखहरु र पूर्व प्रधानमन्त्रीहरुसँग छलफल गर्न लागेको उनले सचिवालयले जनाएको छ ।