Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

गण्डकीमा सरकार ढल्ने सम्भावना

दीपक मनाङेले छाडे मुख्यमन्त्री गुरुङको साथ ! काँग्रेसका पोखरेल मुख्यमन्त्री बन्ने सम्भावना

दीपक मनाङेले छाडे मुख्यमन्त्री गुरुङको साथ ! काँग्रेसका पोखरेल मुख्यमन्त्री बन्ने सम्भावना

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

जेठ २७, २०७८ बिहिवार • ११:५४:३१ बजे
  • 1.5K
    SHARES
  • दीपक मनाङेले छाडे मुख्यमन्त्री गुरुङको साथ ! काँग्रेसका पोखरेल मुख्यमन्त्री बन्ने सम्भावना

    पोखरा । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङले आज प्रदेश सभा बैठकमा विश्वासको मत लिँदैछन्। मुख्यमन्त्री गुरुङले वैशाख २९ गते प्रदेशको सबैभन्दा ठूलो दलको संसदीय दलको नेताको हैसियतले दोस्रोपटक मुख्यमन्त्री पदको सपथ लिएका थिए ।

    images

    मुख्यमन्त्रीमा नियुक्त भएको १ महिनाभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था रहेको छ । तर, मुख्यमन्त्री गुरुङको सरकार टिकाउन खम्बा बनेका राजीव गुरुङ (दीपक मनाङे) ले अन्तिममा आएर उनको साथ छाडेका छन् ।

    गण्डकीमा एमालेका २७ जना सांसद छन् भने कांग्रेसका १५, माओवादीका ११, राष्ट्रिय जनमोर्चाका ३ जना, जनता समाजवादी पार्टी (जसपा) का २ जना र स्वतन्त्र दिपक मनाङे छन् । विपक्षी गठबन्धनसँग अहिले ३० संख्या छ । काँग्रेसको १५, माओवादी केन्द्रको सभामुख बाहेक ११, राष्ट्रिय जनमोर्चाको २ र जसपाको २ सांसद छन् । विश्वासको मत लिन मुख्यमन्त्रीले ३१ मत लिनपर्ने हुन्छ । अहिलेसम्मको अवस्थामा मुख्यमन्त्री गुरुङले विश्वासको मत नपाउने बढी सम्भावना छ ।

    अदालतबाट पुनर्वहाली भएका राष्ट्रिय जनमोर्चाका सांसद कृष्ण थापा तटस्थ बस्ने भएका छन् । राजमोका अन्य दुई सांसद विपक्षी गठबन्धनको पक्षमा उभिएकाले गण्डकीको राजनीति रोचक मोडमा पुगेको छ । एमालेमा माधव नेपाल समूहका एकजना सांसद छन् । उनले फ्लोर क्रस गर्ने सम्भावना रहेको छ ।

    नेपाली कांग्रेसलगायत विपक्षी दललाई बहुमत पुर्याउन १ सांसद आवश्यक छ। गुरूङले साथ दिने भएपछि कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीका पक्षमा बहुमत जुट्ने सम्भावना बढेको छ।

    सरकार जोगाउनकै लागि एमालेको आग्रहमा मन्त्री बने पनि अहिले सरकार ढल्ने र प्रदेश सभा पनि विघटनको दिशामा गएकाले गुरुङ नेतृत्वको सरकारको साथ छाड्ने अवस्थामा दीपक मनाङे पुगेको बताइएको छ । यस्तै मुख्यमन्त्री गुरुङले बहुमत हासिल गर्न नसके संसद विगठन गरेर मध्यावधि निर्वाचनमा जाने योजना बनाएपछि आफू एकजना विपक्षमा उभिदा संसद विघटनबाट जोगिने र प्रदेशमा स्थि काय हुने भरताएकाले विपक्षी गठबन्धनलाई साथ दिने सोच बनाएको मनाङेको भनाइ छ ।

    बुधबार साँझ भएको मन्त्रीपरिषदको बैठकमा समेत मनाङे अनुपस्थित रहेका थिए । मनाङेले साथ छाडेपछि प्रदेशसभामा मुख्यमन्त्री गुरुङसँग अहिले २७ सांसदको मात्र समर्थन रहेको छ ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology