Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

मन्त्रिमण्डल विस्तार

प्रधानमन्त्रीले आज मन्त्रिमण्डल विस्तार गर्दै,कास्कीका खगराज गृहमन्त्री बन्दै, रक्षामन्त्रीमा नैनकला थापा

प्रधानमन्त्रीले आज मन्त्रिमण्डल विस्तार गर्दै,कास्कीका खगराज गृहमन्त्री बन्दै, रक्षामन्त्रीमा नैनकला थापा

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

जेठ २७, २०७८ बिहिवार • १२:०६:५६ बजे
  • 1.3K
    SHARES
  • प्रधानमन्त्रीले आज मन्त्रिमण्डल विस्तार गर्दै,कास्कीका खगराज गृहमन्त्री बन्दै, रक्षामन्त्रीमा नैनकला थापा

    पोखरा । प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार मन्त्रिमण्डल विस्तार गर्ने भएका छन् । उनले ७ मन्त्री र १ राज्यमन्त्रीलाई नियुक्त गरेर मन्त्रिपरिषद् विस्तार गर्न लागेको एमाले नेता विष्णु रिजालले जानकारी दिए । 

    images

    प्रधानमन्त्रीले उद्योग वाणिज्य तथा आपूर्ति , कृषि तथा पशुपंक्षी विकास, गृह, वन तथा वातावरण, सङ्घीय मामिला तथा सामान्य प्रशासन, रक्षा र सञ्चार तथा सूचना प्रविधि मन्त्रालय नयाँ नियुक्त गर्न लागेका हुन् ।

    ओलीले गृहमन्त्रीमा खगराज अधिकारी र रक्षामन्त्रीमा नैनकला थापालाई नियुक्त गर्ने स्रोतले बताएको छ । पछिल्लो पटक जेठ २१ गतेपनि प्रधानमन्त्री ओलीले जसपासमेतलाई समेटेर मन्त्रिमण्डल विस्तार गरेका थिए ।

    दीपक मनाङेले छाडे मुख्यमन्त्री गुरुङको साथ ! काँग्रेसका पोखरेल मुख्यमन्त्री बन्ने सम्भावना

    पोखरा । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङले आज प्रदेश सभा बैठकमा विश्वासको मत लिँदैछन्। मुख्यमन्त्री गुरुङले वैशाख २९ गते प्रदेशको सबैभन्दा ठूलो दलको संसदीय दलको नेताको हैसियतले दोस्रोपटक मुख्यमन्त्री पदको सपथ लिएका थिए ।

    मुख्यमन्त्रीमा नियुक्त भएको १ महिनाभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था रहेको छ । तर, मुख्यमन्त्री गुरुङको सरकार टिकाउन खम्बा बनेका राजीव गुरुङ (दीपक मनाङे) ले अन्तिममा आएर उनको साथ छाडेका छन् ।

    गण्डकीमा एमालेका २७ जना सांसद छन् भने कांग्रेसका १५, माओवादीका ११, राष्ट्रिय जनमोर्चाका ३ जना, जनता समाजवादी पार्टी (जसपा) का २ जना र स्वतन्त्र दिपक मनाङे छन् । विपक्षी गठबन्धनसँग अहिले ३० संख्या छ । काँग्रेसको १५, माओवादी केन्द्रको सभामुख बाहेक ११, राष्ट्रिय जनमोर्चाको २ र जसपाको २ सांसद छन् । विश्वासको मत लिन मुख्यमन्त्रीले ३१ मत लिनपर्ने हुन्छ । अहिलेसम्मको अवस्थामा मुख्यमन्त्री गुरुङले विश्वासको मत नपाउने बढी सम्भावना छ ।

    अदालतबाट पुनर्वहाली भएका राष्ट्रिय जनमोर्चाका सांसद कृष्ण थापा तटस्थ बस्ने भएका छन् । राजमोका अन्य दुई सांसद विपक्षी गठबन्धनको पक्षमा उभिएकाले गण्डकीको राजनीति रोचक मोडमा पुगेको छ । एमालेमा माधव नेपाल समूहका एकजना सांसद छन् । उनले फ्लोर क्रस गर्ने सम्भावना रहेको छ ।

    नेपाली कांग्रेसलगायत विपक्षी दललाई बहुमत पुर्याउन १ सांसद आवश्यक छ। गुरूङले साथ दिने भएपछि कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीका पक्षमा बहुमत जुट्ने सम्भावना बढेको छ।

    सरकार जोगाउनकै लागि एमालेको आग्रहमा मन्त्री बने पनि अहिले सरकार ढल्ने र प्रदेश सभा पनि विघटनको दिशामा गएकाले गुरुङ नेतृत्वको सरकारको साथ छाड्ने अवस्थामा दीपक मनाङे पुगेको बताइएको छ । यस्तै मुख्यमन्त्री गुरुङले बहुमत हासिल गर्न नसके संसद विगठन गरेर मध्यावधि निर्वाचनमा जाने योजना बनाएपछि आफू एकजना विपक्षमा उभिदा संसद विघटनबाट जोगिने र प्रदेशमा स्थि काय हुने भरताएकाले विपक्षी गठबन्धनलाई साथ दिने सोच बनाएको मनाङेको भनाइ छ ।

    बुधबार साँझ भएको मन्त्रीपरिषदको बैठकमा समेत मनाङे अनुपस्थित रहेका थिए । मनाङेले साथ छाडेपछि प्रदेशसभामा मुख्यमन्त्री गुरुङसँग अहिले २७ सांसदको मात्र समर्थन रहेको छ ।

  • सम्बन्धित विषय:

  • # मन्त्रिमण्डल विस्तार
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology