पोखरा । सर्वोच्च अदालतको आदेशपछि गृहमन्त्री पद गुमाएका रामबहादुर थापा बादलका श्रीमती मन्त्री बन्ने भएका छन् ।
बालुवाटार स्रोतका अनुसार पूर्व माओवादी खेमाका बादलका श्रीमती नैनकला थापालाई बिहीबार मन्त्रिपरिषद् विस्तार गर्न लागेका प्रधानमन्त्री केपी ओलीले सञ्चारमन्त्री बनाउन लागेका छन् । उनको रक्षा मन्त्रि बन्ने चर्चा चलेको थियो । यसअघि थापा महिला आयोगमा थिइन् ।
उसो त यसअघि रघुवीर श्रेष्ठले पनि श्रीमती जुली महतोलाई मन्त्री बनाउन सफल भएका थिए । अहिले जुली पदमुक्त भएपछि महासेठ आफै मन्त्री बनेका छन् । यस्तै स्वास्थ्य मन्त्री शेरबहादुर तामाङ संघमा मन्त्री छन् भने प्रदेश १ मा उनकी पत्नी उषाकला राई मन्त्री रहेकी छिन् ।
प्रधानमन्त्रीले कास्कीका खगराज अधिकारीलाई गृहमन्त्री बनाउने भएका छन् । त्यसैगरी कैलालीका नारदमुनि राना वनमन्त्री, मोहन बानियाँ विनाविभागीय र नैनकला थापा सञ्चारमन्त्री बन्ने भएकी छिन् । पूर्वगृहमन्त्री रामबहादुर थापा बादल पत्नी उनी सञ्चारमन्त्री बन्न लागेकी हुन् ।
यस्तै ज्वाला कुमारी साह कृषि मन्त्री, राजकिशोर यादव उद्योग मन्त्री, गणेश पहाडी सामान्य प्रशासन मन्त्री र आशा विक वन राज्यमन्त्रीमा बन्ने भएका छन् ।
मन्त्री बन्न लागेकी ज्वाला साह प्रदेश २ बाट माओवादी छाडेर एमाले आएकी नेतृ हुन् । पहाडी एमालेको माधव नेपाल छाडेर भर्खरै ओली खेमामा गएका सिन्धुलीका नेता हुन् । यस्तै रानाले प्रतिनिधिसभा निर्वाचनमा आरजु राणालाई हराएका थिए । उनीहरुले आजै बेलुका शपथ लिने तयारी भएको बताइएको छ ।