Logo

मंगलवार, कार्तिक १८ गते २०८३

images
images

नेपाल समुह छोडेर ओली खेमामा लागेका पहाडीलाई मन्त्री उपहार

नेपाल समुह छोडेर ओली खेमामा लागेका पहाडीलाई मन्त्री उपहार

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

जेठ २७, २०७८ बिहिवार • १३:३३:२७ बजे
  • 1.1K
    SHARES
  • नेपाल समुह छोडेर ओली खेमामा लागेका पहाडीलाई मन्त्री उपहार

    पोखरा । एमाले विवादमा खनाल नेपाल समुह छोडेर अध्यक्ष ओली खेमामा लागेका सिन्धुलीका गणेश पहाडी मन्त्रि बन्ने भएका छन । विहिवार विस्तार हुने मन्त्रिमण्डलमा पहाडी महत्त्वपूर्ण मानिने मन्त्रालय सामान्य प्रशासनको जिम्मा लिने भएका हुन ।

    images

    पहाडी केही साता अघिमात्रै खनाल नेपाल समुह छाडेर ओली समुहमा लागेका थिए । उनी गत निर्वाचनमा नेकपा एमालेको तर्फबाट सिन्धुली क्षेत्र नम्बर १ बाट निर्वाचित भएका थिए ।

    प्रधानमन्त्रीले कास्कीका खगराज अधिकारीलाई गृहमन्त्री बनाउने भएका छन् । त्यसैगरी कैलालीका नारदमुनि राना वनमन्त्री, मोहन बानियाँ विनाविभागीय र नैनकला थापा सञ्चारमन्त्री बन्ने भएकी छिन् ।

    पूर्वगृहमन्त्री रामबहादुर थापा बादल पत्नी उनी सञ्चारमन्त्री बन्न लागेकी हुन् । यस्तै ज्वाला कुमारी साह कृषि मन्त्री, राजकिशोर यादव उद्योग मन्त्री र आशा विक वन राज्यमन्त्रीमा बन्ने भएका छन् ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology