गण्डकी प्रदेशका युवा तथा खेलकुदमन्त्री राजीव गुरुङ‘दीपक मनाङे’ प्रदेशसभा बैठकमा अनुपस्थित भएका छन् । प्रदेशसभाको आजको बैठकमा उनी आएका छैनन् ।
मनाङे आज बिहानदेखि मोबाइल स्विच अफ गरी सम्पर्कविकहीन बनेका थिए । विपक्षी गठबन्धनलाई साथ दिने भनिएका मनाङे सम्पर्कविहीन बनेका हुन् । गण्डकी प्रदेशसभामा आज मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विस्वासको मत लिने कार्यसूची छ ।