Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

माओवादीबाट कारबाहीमा परेकी ज्वालालाई ओलीको कृषि मन्त्रालय उपहार

माओवादीबाट कारबाहीमा परेकी ज्वालालाई ओलीको कृषि मन्त्रालय उपहार

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

जेठ २७, २०७८ बिहिवार • १४:०९:५८ बजे
  • 1.1K
    SHARES
  • माओवादीबाट कारबाहीमा परेकी ज्वालालाई ओलीको कृषि मन्त्रालय उपहार

    पोखरा । नेकपा माओवादी केन्द्रबाट कारबाहीमा परेकी ज्वाला कुमारी साहलाई प्रधानमन्त्री केपी शर्मा ओलीले कृषि मन्त्रालयको जिम्मेवारी दिएका छन् ।

    images

    ज्वाला केही महिना अघिमात्रै प्रचण्डको साथ छाडेर ओली समूहमा लागेकी थिइन् । उनी गत प्रदेशसभाको निर्वाचनमा नेकपा माओवादी केन्द्रका तर्फबाट बारा क्षेत्र नम्बर ३ को (क) बाट निर्वाचित भएकी थिइन् । नेकपा माओवादी केन्द्रले गत चैत ३० गते प्रदेश २ का ४ जना सांसदलाई पदमुक्त गर्न सिफारिस गरेको थियो ।

    माओवादी केन्द्रले प्रदेश सभा सदस्यहरु रामचन्द्र मण्डल, कुन्दनप्रसाद कुशवाहा, ज्वाला कुमारी साह र मोहम्मद समीरलाई कारबाही स्वरुप पदमुक्त गरेको थियो । नेकपा एमालेमा लागेपछि चारै जनालाई पार्टीको केन्द्रीय समितिले स्पष्टीकरण सोधेको थियो ।

    २४ घण्टाभित्र स्पष्टीकरण दिन भनिए पनि उनीहरुले स्पष्टीकरण नदिएपछि पदमुक्त गरिएको थियो । नेकपा एमालेमा लागेपछि ज्वालालाई पार्टीले प्रदेश २ को अध्यक्ष तथा बारा जिल्ला इन्चार्जको जिम्मेवारी दिएको थियो ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology