Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

केपी शर्मा ओलीसँग उनका विश्वासपात्र भनिएका महेश बस्नेत रुष्ट,गुट परिवर्तन गर्न छलफल

केपी शर्मा ओलीसँग उनका विश्वासपात्र भनिएका महेश बस्नेत रुष्ट,गुट परिवर्तन गर्न छलफल

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

जेठ २७, २०७८ बिहिवार • १५:५६:५९ बजे
  • 1.3K
    SHARES
  • केपी शर्मा ओलीसँग उनका विश्वासपात्र भनिएका महेश बस्नेत रुष्ट,गुट परिवर्तन गर्न छलफल

    प्रधानमन्त्री केपी शर्मा ओलीसँग उनका विश्वासपात्र भनिएका महेश बस्नेत रुष्ट भएका छन् । गृहमन्त्रीको दौडमा रहेका बस्नेतलाई रोकेपछि रुष्ट भएका हुन् । बस्नेतले आफूलाई प्रधानमन्त्री केपी शर्मा ओलीका केही सल्लाहकारका कारण रोकेको भन्दै गुट परिवर्तनसम्मको चेतावनी दिएका छन् । उनले विष्णु रिमाल र राजन भट्टराईलाई उचित समयमा देखाइदिने चेतावनी समेत दिएको बुझिएको छ ।

    images

    गृहमन्त्रीको मुख्य दाबेदार बस्नेत आक्रोशित भई निकटस्थसँग छलफलमा रहेको बुझिएको छ । विश्वस्त स्रोतका अनुसार बस्नेतले योगदानलाई महत्वहीन ठान्न थालिएको भन्दै गुट परिवर्तनसम्म गर्न सक्नेबारे छलफल गरेको बुझिएको छ । बस्नेतले ओलीको सत्ता टिकाउन जोखिम मोलेर भूमिका खेलेको भन्दै गृहमन्त्री दाबी गर्दै आएका थिए ।

    उनको गृहमन्त्री बन्ने चर्चा पनि थियो । तर, ओलीले खगराज अधिकारीलाई गृहमन्त्री नियुक्त गरेपछि बस्नेत रुष्ट भएका हुन् । प्रधानमन्त्री ओलीको सत्ता संकट टार्न बस्नेतले जनता समाजवादी पार्टीका सांसदहरुलाई डोलेश्वर रिसोर्टमा व्यवस्थापन गर्ने देखि साथमा ल्याउन भूमिका खेलेका थिए ।

    उनले एक वर्ष अघि तत्कालीन समाजवादी पार्टी नेपाल विभाजनका लागि असफल भूमिका खेलेका थिए । डा. सुरेन्द्र यादवलाई महोत्तरीबाट ल्याउँदा उनीमाथि अपहरणको सम्म आरोप लागेको थियो । २०७४ सालको आमनिर्वाचनमा बर्दियाबाट बामदेव गौतमलाई चुनाव हराउन महेश <बस्नेतले> भूमिका खेलेको आरोप समेत लागेको थियो । गौतमलाई चुनाव हराएपछि ओलीका लागि प्रधानमन्त्री पद सहज भएको थियो । Source : reportersnepal

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology