Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

पूर्वमन्त्री गोविन्दराज जोशीसहित ३ जना नेता नेपाली कांग्रेसबाट निष्काशित

पूर्वमन्त्री गोविन्दराज जोशीसहित ३ जना नेता नेपाली कांग्रेसबाट निष्काशित

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

श्रावण ११, २०७७ आइतवार • १०:३६:५९ बजे
  • 3.7K
    SHARES
  • पूर्वमन्त्री गोविन्दराज जोशीसहित ३ जना नेता नेपाली कांग्रेसबाट निष्काशित
    कांग्रेसको अनुशासन समितिको सिफारिसमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले पूर्वमन्त्री गोविन्दराज जोशीसहित ३ जना नेतालाई पार्टीबाट निष्काशित गरेको छ।

    कांग्रेसको अनुशासन समितिको सिफारिसमा पूर्वमन्त्री गोविन्दराज जोशी र पूर्व राज्यमन्त्री एवं महासमिति सदस्य कैलालीका पुष्कर नाथ ओझालाई पाँच वर्षका लागि पार्टीबाट निष्काशित गरेको हो। त्यस्तै डडेल्धुराका सचिव रामबहादुर विष्टलाई भने तीन वर्षका लागि कांग्रेसले निष्काशन गरेकाे जनाएकाे छ।

    नेताहरु भीष्मराज आङ्देम्बे, उमाकान्त चौधरी, धनराज गुरुङ, किशोर सिंह राठौर र देवेन्द्रराज कँडेल रहेको नेपाली कांग्रेस अनुशासन समितिले  उनीहरुलाई पार्टीबाट निष्काशन गर्न पार्टीलाई सिफारिस गरेको थियो।

    उनीहरुलाई निर्वाचनमा आफ्नै पार्टीका नेतालाई असहयोग गरेको, बागी उम्मेदवार उठेको आरोप छ।

    भीष्मराज आङदेम्बेको अध्यक्षतामा नेपाली काँग्रेस केन्द्रिय अनुशासन समितिको बैठकले ३ दिनको म्याद राखी अन्तिम् स्पष्टिकरणकै विषयमा प्राप्त जवाफ चित्तबुझ्दो नभएको र सबुत प्रमाणको आधारमा नेपाली कांग्रेस पार्टीको विधान २०१७ (संशोधन सहित) धारा ३४ को उपधारा १ (क) (ख) (ग) बमोजिम पार्टीबाट कार्वाही स्वरुप निष्काशनको निर्णय गरेको हो ।

    जोशीले पछिल्लो निर्वाचनका क्रममा तनहुँ क्षेत्र नम्बर एकबाट नेपाली कांग्रेसका उम्मेदवार बनेका पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलविरुद्ध बागी उम्मेद्वार बनेर आक्रामक राजनीतिक छवी बनाएका थिए भने कैलालीको क्षेत्र नम्बर पाँचको उम्मेद्वार आरजु देउवालाई  चुनाव हराउन लागिपरेको आरोप विज्ञप्तीमा उल्लेख गरिएको छ ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology