Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

नागरिकता अध्यादेश तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश

नागरिकता अध्यादेश तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

जेठ २७, २०७८ बिहिवार • १८:०३:५४ बजे
  • 2.4K
    SHARES
  • नागरिकता अध्यादेश तत्काल कार्यान्वयन नगर्न  अन्तरिम आदेश

    पोखरा । सरकारले ल्याएको नागरिकता अध्यादेश तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ । रिटको सुनुवाई गर्दै संवैधानिक इजलासले सो आदेश दिएको हो ।

    images

    प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा, न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडाको संवैधानिक इजलासले नागरिकता अध्यादेश तत्कालको लागि कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो ।

    सरकारको सिफारिसमा यही जेठ ९ गते राष्ट्रपति विद्यादेवी भण्डारीले अध्यादेश जारी गरेपछि त्यसको विरोधमा वरिष्ठ अधिवक्ता वोर्णबहादुर कार्की, बालकृष्ण न्यौपाने, चन्द्रकान्त ज्ञवाली लगायतले रिट दायर गरेका थिए ।

    प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा नेतृत्वको इजलासले दिएको आदेशमा भनिएको छ अध्यादेश कार्यान्वयन गर्नुको न्यायिक औचित्य देखिन आएन ।

  • सम्बन्धित विषय:

  • # नागरिकता अध्यादेश
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology