पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङको सरकार ढलेको छ । मुख्यमन्त्री गुरुङले आज विहिवार प्रदेशसभामा बहुमत विश्वासको मत प्राप्त गर्न नसकेपछी उनी पदमुक्त भएका हुन ।
उपस्थित ५८ सांसदमध्ये ५७ जनाले मतदान गरेका थिए भने मुख्यमन्त्री गुरुङको पक्षमा जम्मा २७ मत, विपक्षमा ३० मत र १ मत तटस्थमा परेको छ ।गत वैशाख २९ गते मुख्यमन्त्रीमा दोस्रो पटक नियुक्त भएका गुरुङले संवैधानिक प्रावधानअनुसार विहीबार विश्वासको मत लिन प्रयास गरेका थिए ।
विश्वासको मत प्राप्त नगरेपछि अब प्रदेशमा के हुन्छ भन्नेमा चासो बढेको छ । यद्यपि विपक्षी गठबन्धनले आफ्नो नेतृत्वमा नयाँ सरकार बन्न सक्ने जिकिर गर्दै आएको छ ।
प्रदेशसभाको बिहीबार बसेको बैठकमा गुरुङले भने विश्वासको मतसम्बन्धी प्रस्ताव विफल भएमा संविधानअनुसार अघि बढ्ने बताएका थिए ।