Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

खेलकुदमन्त्री मनाङ्गेले दिए राजीनामा,उता मनाङ्गेलाई पदमुक्त गरेको प्रदेश प्रमुखलाई मुख्यमन्त्रीको पत्राचार

खेलकुदमन्त्री मनाङ्गेले दिए राजीनामा,उता मनाङ्गेलाई पदमुक्त गरेको प्रदेश प्रमुखलाई मुख्यमन्त्रीको पत्राचार

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

जेठ २८, २०७८ शुक्रवार • ०८:४२:४८ बजे
  • 427
    SHARES
  • खेलकुदमन्त्री मनाङ्गेले दिए राजीनामा,उता मनाङ्गेलाई पदमुक्त गरेको प्रदेश प्रमुखलाई मुख्यमन्त्रीको पत्राचार

    पोखरा । गण्डकी प्रदेशका युवा तथा खेलकुद मन्त्री राजीव गुरुङ उर्फ दीपक मनाङ्गेले मन्त्री पदबाट राजीनामा दिएका छन् ।

    images

    बिहीबार संसदमा अनुपस्थित भएका मनाङ्गेले मन्त्री पदबाट राजीनामा दिएका हुन् । उनले बिहीबारबाट नै लागु हुनेगरी आफूले पदबाट राजीनामा दिएको उल्लेख गरेका छन् ।

    मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले बिहीबार प्रदेशसभाबाट विश्वासको मत लिन नसकेपछि स्वतः पदमुक्त भएका छन् । त्यससँगै उनको मन्त्रिपरिषद्का सदस्यहरु पनि स्वतः पदमुक्त नै भएका छन् । तर पनि आफूलाई प्रहरीले पक्राउ गरेर दुःख दिन खोजेपछि मनाङ्गेले औपचारिक रुपमा पत्र लेखेर राजीनामा बुझाएका हुन् ।

    मन्त्री दीपक मनाङ्गेलाई मध्यरातमा पक्राउ गर्ने प्रहरीका दुई वटा प्रयास असफल उनले मुख्यमन्त्री नै पदमुक्त भइसकेपछि आफूलाई मन्त्रीका रूपमा काम गर्न नैतिकताले नदिने भएकाले राजीनामा दिएको उल्लेख गरेका छन् ।

    उता मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले भने मन्त्री मनाङेलाई पदमुक्त गरेका छन् । सो मन्त्रालय आफैं सम्हाल्ने जानकारी सहित मनाङेलाई पदमुक्त गरेको विषयमा उनले प्रदेश प्रमुखलाई पत्राचार गरेका हुन् ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology