Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

सभामुख सापकोटाको आह्वानमा आज सर्वदलीय बैठक,प्रधानमन्त्री नजाने

सभामुख सापकोटाको आह्वानमा आज सर्वदलीय बैठक,प्रधानमन्त्री नजाने

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

जेठ २८, २०७८ शुक्रवार • ०८:५७:२६ बजे
  • 880
    SHARES
  • सभामुख सापकोटाको आह्वानमा आज सर्वदलीय बैठक,प्रधानमन्त्री नजाने

    सभामुख अग्निप्रसाद सापकोटाले समसामयिक विषयमा छलफल गर्न सर्वदलीय बैठक आह्वान गरेका छन् । शुक्रबार दिउँसो २ बजे संसद भवनको ल्होत्से हलमा प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दलका शीर्ष नेताहरूको बैठक सापकोटाले छलफल गर्न लागेका हुन् । सभामुखको सचिवालयका अनुसार बैठकमा प्रधानमन्त्री ओली, पूर्वप्रधानमन्त्रीहरू र संसदमा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका नेतालाई बोलाइएको छ ।

    images

    प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयले प्रधानमन्त्रीलाई बोलाएको विषयमा अनविज्ञता प्रकट गर्यो । प्रधानमन्त्रीको प्रेस सल्लाहकार सूर्य थापाले भने,'उतै (सभामुखलाई) सोध्नुस् न । पत्र कहाँ पठाउनु भएको छ ? थाहा छैन । हामीलाई जानकारी छैन । जानकारी नै नभएको ठाउँमा प्रधानमन्त्री ज्यू जानुहुन्छ होला र ?' राष्ट्रपति विद्यादेवी भण्डारीले ७ जेठमा दोस्रो पटक प्रतिनिधि सभा विघटन भएपछि सभामुख सापकोटाले यसअघि पूर्वसभामुखहरु, कानुन व्यवसायीसँग छुट्टाछुट्टै परामर्श गरेका थिए ।

     

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology