पोखरा । डन भनेर चिनिने नेपाली काङ्रेसका युवा नेता गणेश लामालाई कास्की प्रहरीले पक्राउ गरेको छ । उनलाई बिहिवार प्रहरीले लेकसाइड खहरे स्थित क्याटवाक रेष्ट्रुरेण्टबाट पक्राउ गरिएको कास्की प्रहरीले जनाएको छ ।
उनी सँङै रहेका अन्य दुईजना चन्द्र लामा र रमेश खड्कालाई पनि प्रहरीले नियन्ट्रनमा लिएका हुन । सोही स्थानकै बुटिक होटलमा रहेका लामालाई प्रहरी पक्राउ गर्न पुगेपछी उनी त्यहाँबाट क्याटवाक रेष्टुरेण्ट पुगेका थिए ।
विहिबार गण्डकी प्रदेश सभामा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको मत लिने कार्यसूची रहेकै बेला उनी पोखरा आउनुलाई राजनीतिक चलखेलको आशंका गरिएको छ । गण्डकीका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको मत लिँदै गर्दा सांसद दीपक मनाङे उपस्थित नहुनु र गणेश लामा पोखरा आउनुलाई राजनीतिक विषयसँग जोडेर हेरिएको छ।
यद्यपी कास्कीका प्रहरी नायव उपरीक्षक तथा प्रहरी प्रवक्ता सुवास हमालले निषेधाज्ञा उल्लंघन गरेको आरोपमा सामान्य सोधपुछका लागि नियन्त्रणमा लिइएको बताएका छन्। लामालाई वडा प्रहरी कार्यालय बैदाममा राखिएको छ।
उनलाई बिजयकुमार गच्छदार निकट मानिन्छ । उनी काभ्रेली समूह गठन गरी राजधानीमा आपराधिक गतिविधि गर्थे। लामा सांसद दिपक मनाङे निकट पनि हुन्। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले दायर गरेको मुद्दामा केही समय लामा जेल परेर छुटेका थिए।