Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

सञ्‍चार मन्त्री थापालाई सरकारको प्रवक्ताको जिम्मेवारी

सञ्‍चार मन्त्री थापालाई सरकारको प्रवक्ताको जिम्मेवारी

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

जेठ २८, २०७८ शुक्रवार • ०९:३७:२२ बजे
  • 928
    SHARES
  • सञ्‍चार मन्त्री थापालाई सरकारको प्रवक्ताको जिम्मेवारी

    पोखरा । नवनियुक्त सञ्‍चार तथा सूचना प्रविधिमन्त्री नैनकला थापालाई सरकारको प्रवक्ताको जिम्मेवारी दिइएको छ । बिहीबार साँझ सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले प्रवक्ताको जिम्मेवारी थापालाई दिने निर्णय गरेको प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयले जनाएको छ ।

    images

    थापा बिहीबारमात्रै सञ्‍चारमन्त्रीमा नियुक्त भएकी हुन् । मन्त्रिपरिषद्ले पूर्णता पाएसँगै बिहीबार पहिलो बैठक बसेको हो । यसअघि सरकारको प्रवक्ताको जिम्मेवारीमा सञ्‍चारमन्त्री समेत रहेका पार्वत गुरुङ थिए ।

    जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर समूहलाई मन्त्रिपरिषद्‌मा सहभागी गराउने क्रममा गुरुङ मन्त्री पदबाट बाहिरिएपछि प्रवक्ता पद रिक्त बन्‍न पुगेको थियो ।

  • सम्बन्धित विषय:

  • # मन्त्रिपरिषद् बैठक
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology