Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

सभामुख सापकोटाले बोलाएको शीर्ष नेताको बैठकमा प्रधानमन्त्री ओली सहभागी नहुने

सभामुख सापकोटाले बोलाएको शीर्ष नेताको बैठकमा प्रधानमन्त्री ओली सहभागी नहुने

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

जेठ २८, २०७८ शुक्रवार • १०:२६:५३ बजे
  • 688
    SHARES
  • सभामुख सापकोटाले बोलाएको शीर्ष नेताको बैठकमा प्रधानमन्त्री ओली सहभागी नहुने

    पोखरा । सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको शीर्ष नेताको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली भने सहभागी नहुने भएका छन् । सभामुख सापकोटाले प्रधानमन्त्री ओलीसहित पूर्वप्रधानमन्त्री तथा विभिन्न दलका शीर्ष नेतालाई छलफलका लागि बोलाएका छन् ।

    images

    सभामुखको सचिवालय अनुसार बुधबार नै सबै नेताहरुलाई बैठकमा सहभागी हुन पत्र पठाइसिकएको छ । बैठक दिउँसो २ बजेका लागि स‌ंसद भवनको ल्होत्से हलमा बस्नेछ । आजको बैठकमा प्रधानमन्त्री ओली भने सहभागी नहुने प्रधानमन्त्रीको सचिवालयका एक नेताले बताए । सभामुख सापकोटाले प्रतिनिधिसभा विघटनपछिको अवस्था तथा पछिल्लो विकसित राजनीतिक घटनाक्रमका बारेमा छलफल गर्न पूर्वप्रधानमन्त्रीसहित सबै दलका नेतालाई बोलाएका हुन् ।

    यसअघि सभामुख सापकोटाले सभामुख सापकोटाले पूर्वसभामुखहरुसँगै कानूनविदहरुसँग समेत छलफल गरेका थिए । शीर्ष नेताहरुसँगको छलफलपछि सभामुख सापकोटाले पत्रकार र नागरिक समाजका अगुवाहरुसँग छलफल गर्ने तयारी गरेका छन् ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology