Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

जी सेभेन राष्ट्रले गरिब देशहरुलाई एक सय करोड डोज खोप दान दिने

जी सेभेन राष्ट्रले गरिब देशहरुलाई एक सय करोड डोज खोप दान दिने

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

जेठ २८, २०७८ शुक्रवार • १३:०२:४३ बजे
  • 1.3K
    SHARES
  • जी सेभेन राष्ट्रले  गरिब देशहरुलाई एक सय करोड डोज खोप दान दिने

    एजेन्सी । विश्वका धनी मुलुकहरुले कोरोना भाइरसविरुद्ध गरिब देशहरुलाई एक सय करोड डोज खोप दान दिने भएका छन् । इंग्ल्यान्डका प्रधानमन्त्री बोरिस जोन्सनले धनी मुलुकहको संगठन जी सेभेनमा आवद्ध देशहरु कोरोनाविरुद्ध खोपको एक सय करोड डोज दान दिन सहमत हुने विश्वास व्यक्त गरेका छन् ।

    images

    जी सेभेनको बैठक सुरु हुनुपूर्व जोन्सनले सन् २०२२ को अन्त्यसम्म संसारका सबै जनसंख्यालाई खोप उपलब्ध गराउने संकल्प जी सेभेन राष्ट्रका नेताहरुले गर्नुपर्ने प्रष्ट पारे । बेलायतले भने दश करोड मात्रा दान दिने उननले बताए । यसअघि, अमेरिकी राष्ट्रपति जो बाइडेनले कोरोना महामारीविरुद्धको यस युद्धमा अमेरिका एक्लैले ५० करोड मात्र खोप उपलब्ध गराउने बताइसकेका छन् । यस महामारीलाई हराउन संसारका धनी र शक्तिसम्पन्न मुलुकहरु अगाडि आउनुपर्ने बाइडेनको भनाइ थियो ।

    अमेरिकी घोषणाको स्वागत गर्दै फ्रान्सका राष्ट्रपति इम्मानुएल म्याक्रोले युरोपले पनि केही गर्नैपर्ने भन्दै आफ्नो देशको तर्फबाट ३ करोड मात्रा खोप दान दिने बचनवद्धता व्यक्त गरेका छन् । जी सेभेनमा अमेरिका, बेलायत, क्यानडा, फ्रान्स, जर्मनी, इटाली र जापान संलग्न छन् । अमेरिकी राष्ट्रपति बाइडेनले अमेरिकाले गनेए यो संख्याको खोप दान र जी सेभेनको समर्थनसँगै विश्व खोप अभियान तीव्र गतिमा चालु हुने विश्वास पनि व्यक्त गरेका छन् ।

  • सम्बन्धित विषय:

  • # खोप दान
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology