Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

पोखरामा पक्राउ परेका डन लामा ३ हजार धरौटीमा रिहा

पोखरामा पक्राउ परेका डन लामा ३ हजार धरौटीमा रिहा

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

जेठ २८, २०७८ शुक्रवार • १७:२९:५० बजे
  • 742
    SHARES
  • पोखरामा पक्राउ परेका डन लामा ३ हजार धरौटीमा रिहा

    पोखरा । नेपाली काङ्रेसका युवा नेता डन भनेर चिनिने गणेश लामा छुटेका छन। गण्डकी प्रदेशमा सत्ताको रस्साकस्सी चलिरहेका बेला दीपक मनाङेलाई भेट्न आउँदा पक्राउ परेका नेपाली कांग्रेसका नेता गणेश लामा ३ हजार जरिवाना तिरेर छुटेका छन् ।

    images

    पोखरा लेकसाइडबाट बिहीबार पक्राउ परेका लामासहित ३ जनालाई ३ हजार रुपैयाँ जरिवाना लिएर छाडिएको जिल्ला प्रशासन कार्यालय कास्कीले जनाएको छ । उनलाई बिहिवार प्रहरीले लेकसाइड खहरे स्थित क्याटवाक रेष्ट्रुरेण्टबाट पक्राउ गरिएको थियो ।सोही स्थानकै बुटिक होटलमा रहेका लामालाई प्रहरी पक्राउ गर्न पुगेपछी उनी त्यहाँबाट क्याटवाक रेष्टुरेण्ट पुगेका थिए ।

    हालै प्रदेशसभामा विपक्षी गठबन्धनको पक्षमा देखिएका मनाङेलाई भेट्न आएका लामा निषेधाज्ञा उल्लंघनको आरोपमा प्रक्राउ परेका थिए । जिल्ला प्रशासन कार्यालय कास्कीले लामालाई जरिवाना लिएर छाड्न प्रहरीलाई अनुमति दिएको हो । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको मत लिइरहेका बेला लामा मनाङेलाई भेट्न पोखरा आएका थिए ।

    बिना कारण लामालाई प्रक्राउ गरिएको र सुनियोजित रुपमा फसाउन लागिएको भन्दै नेपाली कांग्रेसले विरोध जनाएको छ । उनलाई बिजयकुमार गच्छदार निकट मानिन्छ । उनी काभ्रेली समूह गठन गरी राजधानीमा आपराधिक गतिविधि गर्थे।

    लामा सांसद दिपक मनाङे निकट पनि हुन्। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले दायर गरेको मुद्दामा केही समय लामा जेल परेर छुटेका थिए।

  • सम्बन्धित विषय:

  • # गणेश लामा
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology