Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

मुख्यमन्त्री दाबी गर्न प्रदेश प्रमुखकहाँ पुगे विपक्षी

दिपक मनाङ्गे सहित ३१ सांसदहरु बहुमत सहित मुख्यमन्त्री दाबी गर्न प्रदेश प्रमुखकहाँ पुगे विपक्षी

दिपक मनाङ्गे सहित ३१ सांसदहरु बहुमत सहित मुख्यमन्त्री दाबी गर्न प्रदेश प्रमुखकहाँ पुगे विपक्षी

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

जेठ २८, २०७८ शुक्रवार • १७:३५:५२ बजे
  • 1.6K
    SHARES
  • दिपक मनाङ्गे सहित ३१ सांसदहरु बहुमत सहित मुख्यमन्त्री दाबी गर्न प्रदेश प्रमुखकहाँ पुगे विपक्षी

    तस्विर : विमला भण्डारी अध्यक्ष नेपाल पत्रकार महासघ कास्की महांशाखा

    images

    पोखरा । नयाँ सरकार दाबी गर्न गण्डकी प्रदेशका विपक्षी सांसदहरू प्रदेश प्रमुख सीताकुमारी पौडेलकहाँ पुगेका छन्। प्रदेश प्रमुखले आजै २४ घन्टाको समय दिएर नयाँ सरकार गठन आह्वान गरेकी थिइन्।

    नेपाली कांग्रेसका संसदीय दलका नेता कृष्णचन्द्र नेपालीलाई भावी मुख्यमन्त्री बनाउन ३१ जना सांसद अहिले प्रदेश प्रमुखकहाँ पुगेका हुन । कांग्रेस, नेकपा माओवादी केन्द्र, जसपा, राष्ट्रिय जनमोर्चा र राजिव गुरूङसहित ३१ जना सांसद प्रदेश प्रमुखकहाँ पुगेका हुन्। ६० सदस्यीय गण्डकी प्रदेश सभामा बहुमत पुग्न ३१ जना चाहिन्छ।

    बिहीबार प्रदेश सभामा विश्वासको मतको प्रस्ताव राख्दा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङको पक्षमा जम्मा २७ मत आएको थियो। उनले विश्वासको मत जुटाउन सकेका थिएनन्।

    199673485_2556771351297755_4405273074556806248_n.jpg

     

     

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology