Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

सबै दल एक हुनु पर्ने सर्वदलीय बैठकको निष्कर्ष

सबै दल एक हुनु पर्ने सर्वदलीय बैठकको निष्कर्ष

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

जेठ २८, २०७८ शुक्रवार • १८:४२:३६ बजे
  • 1.0K
    SHARES
  • सबै दल एक हुनु पर्ने सर्वदलीय बैठकको निष्कर्ष

    सभामुख अग्नि सापकोटाले बोलाएको सर्वदलीय बैठकमा नेताहरु लोकतन्त्र र संविधान संकटमा परेको भन्दै यसको रक्षाका लागि एकजुट हुने निष्कर्षमा पुगेका छन् । बैठकपछि पूर्व प्रधानमन्त्री तथा जसपाका नेता डा.बाबुराम भट्टराईले प्रतिनिधिसभा पटक पटक विघटन भएको भन्दै लोकतन्त्र नै धरापमा परेकाले यसलाई बचाउन राजनीतिक दलहरु लाग्नुपर्नेमा सबै दल सहमत जानकारी दिए ।

    images

    यो बैठकमा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई समेत निमन्त्रणा गरिएको भए पनि उनी सहभागी भएनन् । यसै गरी कोरोना महामारी नियन्त्रणमा सरकार गंभीर नबनेको र खोपको व्यवस्था हुन नसकेकोमा पनि दलका नेताहरु चिन्तित बनेका छन् । बैठकमा चुरे लगायतका क्षेत्रबाट बालुवा ढुंगा गिटी निकासी गर्ने सरकारको निर्णय गलत रहेको सर्वदलीय बैठकले निष्कर्ष निकालेको छ ।

    भट्टराईले पटक पटक संसद विघटन गरिनु निरंकुशता र स्वेच्छाचारिताको​ पराकाष्ठा भएको भन्दै १४६ जनाले अदालतमा निवेदन दिएको र सोही अनुसार निकास आउनेमा विश्वास गरिएको बताए । बैठकमा सभामुख बाहेक पूर्व प्रधानमन्त्रीहरु, काँग्रेस, माओवादी , एमाले र जसपाका शीर्ष नेताहरु सहभागी थिए ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology