Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

गण्डकी प्रदेशको विपक्षी गठबन्धन हस्ताक्षर प्रदेश प्रमुखले आज सनाखत गर्दै

गण्डकी प्रदेशको विपक्षी गठबन्धन हस्ताक्षर प्रदेश प्रमुखले आज सनाखत गर्दै

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

जेठ २९, २०७८ शनिवार • १०:३०:१६ बजे
  • 1.4K
    SHARES
  • गण्डकी प्रदेशको  विपक्षी गठबन्धन हस्ताक्षर प्रदेश प्रमुखले आज सनाखत गर्दै

    गण्डकी प्रदेशका कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलले बुझाएको ३१ जना सांसदहरुको हस्ताक्षर प्रदेश प्रमुख सीताकुमारी पौडेलले आज सनाखत गर्ने भएकी छिन । कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलले शुक्रबार ३१ जना सांसदलाई प्रदेश प्रमुख पौडेल समक्ष सशरीर उपस्थित गराएर सांसदको हस्ताक्षर बुझाएका थिए।

    images

    त्यस बखत पोखेरलले, ‘हजुरको उपस्थितिमा सनाखत गरौं की कर्मचारीले सनाखत गर्दा हुन्छ’ भनी प्रदेश प्रमुख पौडेललाई सोधेका थिए। तर, पौडेलले, ‘तपाईंहरूले ल्याई हाल्नु भयो, भोलि सनाखत गराउँला’ भन्ने जवाफ दिएकी थिइन्। कांग्रेस सांसद कृष्णचन्द्र नेपाली पोखरेलको नेतृत्वमा सरकार गठन गर्न विपक्षी गठबन्धनले शुक्रबार दाबी गरेको हो ।

    प्रदेश प्रमुख सीताकुमारी पौडेलसमक्ष दाबी पेश गरिएको पत्रमा ३१ जना सांसदको हस्ताक्षर छ। जसमा स्वतन्त्र सांसद दीपक मनाङे पनि रहेका छन्। उनी बिहीबार संसद बैठकमा उपस्थित थिएनन्। नयाँ सरकारको दाबी गर्ने मध्ये नेपाली कांग्रेसका १५, माओवादी केन्द्रका ११, राष्ट्रिय जनमोर्चाका २, जनता समाजवादी पार्टीका २ र स्वतन्त्र १ सांसद छन्।

    मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको मत गुमाएसंगै प्रदेश प्रमुख सीताकुमारी पौडेलले संविधानको धारा १६८ (५) बमोजिम नयाँ सरकार गठनका लागि शुक्रबार २४ घण्टाको समय दिएकी थिइन् । सोही अनुसार विपक्षी गठबन्धन आवश्यक बहुमतसहित सरकार बनाउन अग्रसर भएका हुन्। सरकार गठनको दाबी गर्ने अवधि आज ३. ब"जेसम्म रहेको छ।

  • सम्बन्धित विषय:

  • # गण्डकी प्रदेश
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology