Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

देउवा निवासमा कांग्रेस पदाधिकारी बैठक बस्दै

देउवा निवासमा कांग्रेस पदाधिकारी बैठक बस्दै

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

जेठ २९, २०७८ शनिवार • १०:३१:५८ बजे
  • 595
    SHARES
  • देउवा निवासमा कांग्रेस पदाधिकारी बैठक बस्दै

    नेपाली कांंग्रेसका सभापति शेरबहादुर देउवाले आज पदाधिकारी बैठक बोलाएका छन । बैठक आज दिउँसो २ बजे देउवा निवास बुढानीलकण्ठमा बस्दैछ । बैठकमा आसन्न महाधिवेशनको विषयमा छलफल हुने बताइएको छ । संवैधानिक व्यवस्था अनुसार आगामी भदौसम्ममा पार्टीको १४औं महाधिवेशन सम्पन्न गरिसक्नुपर्छ ।

    images

    तरपनि कोरोना महामारीका कारण कार्यतालिका प्रभावित हुने भएपछि सोही विषयमा छलफल गर्न पदाधिकारी बैठक बोलाइएको नेपाली कांग्रेसले जनाएको छ । पूर्व निर्धारित कार्यतालिकाअनुसार असारमा वडा तहको अधिवेशन सुरु गर्नुपर्ने हुन्छ । तर अहिलेसम्म क्रियाशील सदस्यताको टुंगो समेत लागिसकेको छैन ।

    यस्तो अवस्थामा कार्यतालिका अनुसार महाधिवेशन गर्न कठिन देखिएको छ । हालसम्म झण्डै ८ लाख क्रियाशील सदस्यको विवरण डेटा सिस्टममा इन्ट्री भएको छ, तर त्यसलाई प्रकाशित गरेर उ"जुरी समेत आह्वान गर्ने प्रक्रिया पुरा गर्न बाँकी छ ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology