Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

इथियोपियामा अनिकाल, ३ लाख ४३ हजार जनसंख्या संकटमा

इथियोपियामा अनिकाल, ३ लाख ४३ हजार जनसंख्या संकटमा

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

जेठ २९, २०७८ शनिवार • १०:३६:०३ बजे
  • 1.2K
    SHARES
  • इथियोपियामा अनिकाल, ३ लाख ४३ हजार जनसंख्या संकटमा

    इथियोपियाको टिग्रे क्षेत्रमा अनिकालबाट ३ लाख ४३ हजार जनसंख्या संकटमा परेको संयुक्त राष्ट्रसंघले जनाएको छ । तीमध्ये करिब ३३ हजार बालबालिकाको भोकमरी र कुपोषणबाट मृत्यु हुनसक्ने चेतावनी पनि दिइएको छ । संयुक्त राष्ट्रसंघ र सहायता समूहहरुको अध्ययनको आधारमा यो चेतावनी दिइएको हो ।

    images

    संयुक्त राष्ट्रसंघको सहायता प्रमुख मार्क लोकोकले भनेका छन्, ‘टिग्रेमा अहिले अनिकाल छ ।’ बालबालिकाको क्षेत्रमा कार्यरत संयुक्त राष्ट्रसंघको संस्था युनिसेफका अनुसार टिग्रेमा खानेकुराको अभावका कारण विनासको जस्तो स्थिति आइलागेको छ र यसको कारण ठूलो संख्या ९खासगरी बालबालिका० भोकमरीको चपेटामा पर्न सक्छन् ।

    युनिसेफले टिग्रे क्षेत्रमा मानवीय सहायता पुर्याउन अपीलसमेत गरेको छ । यद्यपि इथियोपियाले भने संयुक्त राष्ट्रसंघबाट भएको अध्ययनको आधारमा निकालिएको यो निष्कर्षप्रति असहमति जनाएको बीबीसीले जनाएको छ । सरकारी र विद्रोही पक्षबीच जारी संघर्षका कारण टिग्रे क्षेत्र जर्जर अवस्थामा छ । सन् २०२० को नोभेम्बर महिनादेखि जारी संघर्षबाट सो क्षेत्रबाट करिब १७ लाख विस्थापित भइसकेको बीबीसीले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # इथियोपिया
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology