Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

प्रधानमन्त्रीलाई मार्ने धम्की दिनेलाई पक्राउ गर्न एमाले बागमती प्रदेशको माग

प्रधानमन्त्रीलाई मार्ने धम्की दिनेलाई पक्राउ गर्न एमाले बागमती प्रदेशको माग

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

जेठ २९, २०७८ शनिवार • १०:५८:५५ बजे
  • 598
    SHARES
  • प्रधानमन्त्रीलाई मार्ने धम्की दिनेलाई पक्राउ गर्न एमाले बागमती प्रदेशको माग

    नेकपा एमाले बागमती प्रदेशले प्रधानमन्त्री केपी शर्मा ओलीलाई मार्ने धम्की दिएका नेपाली कांग्रेसका प्रदेश सभा सदस्य नरोत्तम बैधलाई पक्राउ गरी मुद्दा चलाउन माग गरेका छन् । सो प्रदेशका एमाले अध्यक्ष आनन्द पोखरेलले एक विज्ञप्तिमार्फत् बैधलाई तत्काल प्रदेश सभाबाट निलम्बन गरी कारबाही गर्न माग गरेका हुन् । उनले यसमा गम्भीर षड्यत्र लुकेका कारण आयोग बनाइ दोषीहरू पत्ता लगाउनसमेत आग्रह गरेका छन् ।

    images

    ‍ एक शक्तिशाली आयोग बनाई तथ्य सत्या पत्ता लगाई सार्वजनिक गर्न नेपाल सरकार र प्रदेश सरकारसँग जोडदार माग गर्दछु । हत्या जस्तो गम्भीर अपराधको वकालत गर्ने सबैलाई कानुनको दायरामा ल्याउन अनुरोध पनि गर्दछु,’ विज्ञप्तिमा भनिएको छ । शुक्रबार बैधले प्रदेश सभाको बैठकको रोष्टममा ऊभिएर माहात्मा गान्धीलाई नथुराम गोड्सले मारेझैं केपी शर्मा ओलीलाई मार्नुपर्छ र मार्छु भन्दै दिएको अभिव्यक्ति निकै विवादित बनेको थियो ।

    अध्यक्ष पोखरेलले ओलीविरुद्ध केही दलका नेता तथा कार्यकर्ताहरूले भौतिकरुपमा सफ़ाइ गर्न सक्ने सुचना आफूहरूलाई प्राप्त भएको समेत बताएका छन् । यसबारे आफूहरूले सुक्ष्म अध्ययन समेत गरिरहेको उनले खुलासा गरेका छन् ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology