Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

प्रदेश सांसद नरोत्तम वैद्यले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध दिएको अभिव्यक्तिप्रति नेकपा एमालेले गम्भीर आपत्ति

प्रदेश सांसद नरोत्तम वैद्यले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध दिएको अभिव्यक्तिप्रति नेकपा एमालेले गम्भीर आपत्ति

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

जेठ २९, २०७८ शनिवार • ११:०४:१३ बजे
  • 1.3K
    SHARES
  • प्रदेश सांसद नरोत्तम वैद्यले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध दिएको अभिव्यक्तिप्रति नेकपा एमालेले गम्भीर आपत्ति

    बागमती प्रदेश सांसद नरोत्तम वैद्यले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध दिएको अभिव्यक्तिप्रति नेकपा एमालेले गम्भीर आपत्ति जनाएको छ। एमालेका प्रवक्ता प्रदीप ज्ञवालीले शनिबार बिहान विज्ञप्ति जारी गरी वैद्यको अभिव्यक्तिको घोर भर्त्सना गरेका हुन्। विज्ञप्तिमा भनिएको छ, ‘प्रधानमन्त्रीको हत्याका लागि अरूलाई समेत दुरुत्साहन गर्ने र आवश्यक परे आफैं पनि हत्याका लागि तयार रहेको निजको अभिव्यक्ति आपराधिक, अत्यन्त आपत्तिजनक र निन्दनीय छ।

    images

    यस्ले कांग्रेसको उच्च कलासको प्रतिनिधित्व गरेको छ ।’ यस्तै यो विषय फौजदारी कानुनसमेत आकर्षित हुने विषय भएको उल्लेख गर्दै एमालले यस विषयमा सम्बद्ध राजनीतिक दलको गम्भीर ध्यानाकर्षण गराएको छ। विज्ञप्तिमा भनिएको छ, ‘उक्त अभिव्यक्तिको घोर भर्त्सना गर्दै हाम्रो पार्टी यो विषय मुलुकको फौजदारी कानुन समेत आकर्षित हुने विषय हो भन्ने ठान्दछ र यस विषयमा सम्बद्ध राजनीतिक दलको समेत गम्भीर ध्यानाकर्षण गर्दछ।

    शुक्रबार प्रदेश सभाको बैठकमा सांसद वैद्यले प्रधानमन्त्री ओलीले देश सिध्याउन लागेको भन्दै त्यसलाई रोक्न कोही नाथुराम गोड्से बन्नुपर्ने अन्यथा आफैं बन्ने अभिव्यक्ति दिएका थिए। गोड्से भनेका ती व्यक्ति हुन्, जसले महात्मा गान्धीको हत्या गरेका थिए।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology