Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

गण्डकीमा विपक्षी गठबन्धनको सरकार बन्दै ! दीपक मनाङेले मागे गृह मन्त्रालय

गण्डकीमा विपक्षी गठबन्धनको सरकार बन्दै ! दीपक मनाङेले मागे गृह मन्त्रालय

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

जेठ २९, २०७८ शनिवार • १६:२३:३२ बजे
  • 1.5K
    SHARES
  • गण्डकीमा विपक्षी गठबन्धनको सरकार बन्दै ! दीपक मनाङेले मागे गृह मन्त्रालय

    पोखरा । विपक्षी गठबन्धनलाई बहुमत पुर्‍याउन निर्णायक बनेका दीपक मनाङेले आन्तरिक मामिला तथा कानुन मन्त्रालय (गृहमन्त्री)मा दाबी गरेका छन् ।कांग्रेसका कृष्णचन्द्र पोखरेल नेपालीलाई बिपक्षी गठबन्धनले मुह्यमन्त्री सहित प्रदेश प्रमुखमा दावी पेश गरि सकेका छन।

    images

    नेपालीलाई मुख्यमन्त्री बन्नका लागि मनाङेको समर्थन निर्णायक बनेको छ । उनले पृथ्वीसुब्बा गुरुङको सरकारमा युवा तथा खेलकुद मन्त्रालय पाएका थिए । मन्त्री पदमा रहेकै बेला विपक्षी गठबन्धनमा लागेपछि उनलाई गुरुङले बर्खास्त गरेका थिए ।

    कांग्रेस र माओवादी गठबन्धनका नेताहरुसँगको छलफलमा उनले आफूलाई गृह नभए अर्थ तथा योजना मन्त्री चाहिने बताएका छन् । अरु मन्त्रालयमा बसेर काम गर्न नसकिने रहेछ भन्दै मनाङेले पुलिस चलाउन गृहमन्त्री हुन चाहेको बताएका छन् । मनाङे माथिको ज्यान मुद्दा सर्वोच्च अदालतमा विचारधीन रहेको छ । प्रहरीले अहिले पनि आफूलाई राम्रो नजरले नहेर्ने भएकाले गृहमन्त्री बन्न चाहेको मनाङेले निकटस्थलाई बताएका छन् ।

    विपक्षी गठबन्धनले भने उनलाई अरु मन्त्रालयमा मनाउन प्रयास गरिरहेको छ। नयाँ सरकार गठनपछि मात्र मन्त्रालयको बारेमा छलफल हुने कांग्रेस नेताहरुले बताएका छन् ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology