Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

गण्डकीमा सत्तापक्षले पनि गरे दाबी , संसद् विघटनको संकेत : विपक्षी गठबन्धनका सांसदहरु प्रदेश प्रमुख कार्यालमा

गण्डकीमा सत्तापक्षले पनि गरे दाबी , संसद् विघटनको संकेत : विपक्षी गठबन्धनका सांसदहरु प्रदेश प्रमुख कार्यालमा

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

जेठ २९, २०७८ शनिवार • १६:३०:३२ बजे
  • 787
    SHARES
  • गण्डकीमा सत्तापक्षले पनि गरे दाबी , संसद् विघटनको संकेत : विपक्षी गठबन्धनका सांसदहरु प्रदेश प्रमुख कार्यालमा

    पोखरा । मुख्यमन्त्रीमा पृथ्वीसुब्बा गुरुङको पनि दाबी परेपछि विपक्षी गठबन्धनका सांसदहरु प्रदेश प्रमुख कार्यालय पुगेका छन् । गुरुङले जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको नाममा नक्कली दाबी गरेको भन्दै विपक्षी गठबन्धनको तर्फबाट मुख्यमन्त्रीमा दाबी पेश गरेका नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलले आपत्ति जनाएका छन् ।

    images

    विपक्षी गठबन्धनमा रहेका ३१ सांसद सशरीर प्रदेश प्रमुखलाई भेट्न पुगेको माओवादी केन्द्रका सांसद दीपक कोइरालाले जनकारी दिए । विपक्षी गठबन्धनले नेपाली काँग्रेसका कृष्णचन्द्र नेपालीलाई मुख्यमन्त्रीको प्रस्ताव गर्दै ३१ सांसदसहित गण्डकी प्रदेश प्रमुखको कार्यालयमा पुगेका हुन् ।​

    प्रदेशमा पृथ्वीसुब्बा गुरुङले विश्वासको मत प्राप्त गर्न नसकेपछि नयाँ सरकार गठनका लागि हिजो मात्रै प्रदेश प्रमुख सीता कुमारी पौडेलले आह्वान गरेकी थिइन् । जेष्ठ २७ गते प्रदेशसभामा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको मत गुमाएपछि वैकल्पिक सरकार गठनका लागि प्रदेश प्रमुख पौडेलले आज तीन बजेसम्मको समय दिएकी थिइन् ।

    विपक्षी गठबन्धनका तर्फबाट काँग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलले बहुमत सांसदको हस्ताक्षर सहित शुक्रबार प्रदेश प्रमुखसमक्ष दाबी पेस गरेका थिए ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology