Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

प्रदेश प्रमुखलाई भेट्न नदिएपछि विपक्षी गठबन्धन गेट अगाडि नै धर्ना

प्रदेश प्रमुखलाई भेट्न नदिएपछि विपक्षी गठबन्धन गेट अगाडि नै धर्ना

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

जेठ २९, २०७८ शनिवार • १६:५७:५० बजे
  • 1.5K
    SHARES
  • प्रदेश प्रमुखलाई भेट्न नदिएपछि विपक्षी गठबन्धन गेट अगाडि नै धर्ना

    पोखरा । विपक्षी गठबन्धनका मुख्यमन्त्रीका प्रत्यासी कृष्णचन्द्र नेपाली सहित प्रदेशसभा सदस्यहरु प्रदेश प्रमुखको कार्यालय अगाडि धर्नामा बसेका छन्।

    images

    विश्वासको मत नपाएका गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्बीसुब्बा गुरुङले मुख्यमन्त्रीमा पुन: दाबी गरेपछि उनीहरु प्रदेश प्रमुख सीताकुमारी पौडेललाई भेट्न प्रदेश प्रमुखको कार्यालय पुगेका थिए। तर, सुरक्षाकर्मीले गेटबाट छिर्न नदिएपछि उनीहरुले गेट अगाडि नै धर्नामा बसेका हुन्।

    त्यस्तै, कृष्णचन्द्र नेपालीले केन्द्रीय सरकारको कदमको डुब्लिकेट गण्डकी प्रदेशमा भएको भन्दै त्यसप्रति आपत्ति प्रकट गरेका छन्। प्रदेश प्रमुख सीताकुमारी पौडेललाई भेट्नु अघि उनले भने, 'केन्द्रीय सरकारको डुब्लिकेट यहाँ भएको छ, त्यसको घोर भत्सर्ना गर्छौं।' ३१ जना प्रदेशसभा सदस्य सहित उनीहरुले धर्ना दिइरहेका छन्।

    उनले आफ्नो दावेदारी वैधानिक रहेको र मुख्यमन्त्री गुरुङले फेक डकुमेन्ट पेश गरेको पनि आरोप लगाए।

    तस्विर रिना थापा पहिलोपोष्टबाट

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology