Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

‘चुनावसम्म ओलीलाई जान नदिन हत्याको षड्यन्त्र’ : महेश बस्नेत

‘चुनावसम्म ओलीलाई जान नदिन हत्याको षड्यन्त्र’ : महेश बस्नेत

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

जेठ २९, २०७८ शनिवार • १७:५३:२७ बजे
  • 1.1K
    SHARES
  • ‘चुनावसम्म ओलीलाई जान नदिन हत्याको षड्यन्त्र’ : महेश बस्नेत

    पोखरा । नेकपा एमालेका नेता महेश बस्नेतले नेपाली कांग्रेसका वाग्मती प्रदेशसभा सदस्य नरोत्तम वैद्यलाई कारवाही गर्न सरकारसँग माग गरेका छन् ।

    images

    सञ्चारकर्मीसँग आज भर्चुअल माध्यमबाट कुरा गर्दै उहाँले प्रदेशसभाको शुक्रबारको बैठकमा वैद्यले दिएको अभिव्यक्ति संसदीय मर्यादाविपरीतको भएको भन्दै कारवाही गर्न माग गरेका हुन् । उनले नेपाली कांग्रेसकै मिलीभगतमा महात्मा गान्धिलाई जस्तै प्रधानमन्त्री केपी शर्मा ओलीलाई मार्ने षड्यन्त्र कतै कुनै कुनामा बनिरहेको त छैन भन्दै वैद्यको अभिव्यक्तिलाई क्षणिक आक्रोशका रुपमा लिन नसकिने बताए ।

    निवर्तमान सांसद एवं पूर्वमन्त्री बस्नेतले भने, “वैद्यले संसद्मा दिएको अभिव्यक्तिलाई आक्रोश मात्रै हो भन्न सकिन्न, सत्ताका लागि छटपटाएका तत्वले चुनावसम्म ओली रहेँ सत्ता प्राप्तिको चाहना पूरा हुँदैन भन्ने देखेर देशकै प्रधानमन्त्रीको ह'त्या गर्न बुनेको षड्यन्त्रको गन्ध पोखिएको हुनसक्छ, यसतर्फ सचेत हुनुपर्छ ।”

    एमालेभित्र आन्तरिक कलहको फाइदा उठाउँदै केही तत्व सत्ताप्राप्तिका लागि प्रधानमन्त्रीको ज्यानै लिने षड्यन्त्र बनाउँदै गरेको रहस्य बाहिर आएको जिकिर गर्दै उनले यो षड्यन्त्रभित्र क–कसको सहभागिता छ भनेर खोजिने उनले बताए ।रासस

  • सम्बन्धित विषय:

  • # रासस
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology