पोखरा। गण्डकी प्रदेशमा आज मुख्यमन्त्री कृष्णचन्द्र पोखरेलसहित ४ मन्त्रीले शपथ लिने भएका छन्। आज साझँ नै प्रदेश प्रमुखले मुख्यमन्त्री सहित अन्य मन्त्रीहरुलाई सपथ खुवाउन लागेका हुन ।
गण्डकी प्रदेश प्रमुख सीता पौडेलले आज मुख्यमन्त्रीमा नेपाली कांग्रेसका नेपालीलाई मुख्यमन्त्रीमा नियुक्त गरेकी थिइन्। मन्त्रिमण्डलमा नेकपा माओवादीबाट लमजुङकी मधुमाया अधिकारी, जनता समाजवादीबाट गोरखाका हरिशरण आचार्य र मनाङका स्वतन्त्र सांसद राजिव गुरुङ (दीपक मनाङे)कांग्रेसबाट कुमार खड्का जाने भएका छन्।
उनीहरुको मन्त्रालय टुंगो लागेको छैन।