पोखरा। गण्डकी प्रदेशमा आज मुख्यमन्त्री कृष्णचन्द्र पोखरेलसहित ४ मन्त्रीले शपथ लिने भएका छन्। आज साझँ नै प्रदेश प्रमुखले मुख्यमन्त्री सहित अन्य मन्त्रीहरुलाई सपथ खुवाउन लागेका हुन ।
गण्डकी प्रदेश प्रमुख सीता पौडेलले आज मुख्यमन्त्रीमा नेपाली कांग्रेसका नेपालीलाई मुख्यमन्त्रीमा नियुक्त गरेकी थिइन्। मन्त्रिमण्डलमा नेकपा माओवादीबाट लमजुङकी मधुमाया अधिकारी, जनता समाजवादीबाट गोरखाका हरिशरण आचार्य र मनाङका स्वतन्त्र सांसद राजिव गुरुङ (दीपक मनाङे)कांग्रेसबाट कुमार खड्का जाने भएका छन्। उनीहरुको मन्त्रालय टुंगो लागेको छैन।
यदपी स्वतन्त्र सासद गुरुङ भने दुई महिनामा तेस्रोपटक मन्त्री बन्दैछन । शनिबार प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले विस्तार गर्न लागेको मन्त्रिपरिषद्मा मनाङे पहिलो नम्बरमा रहेका छन् । नयाँ सरकार गठनमा मनाङेको समर्थनका कारण नै सम्भव भएकाले उनलाई पहिले नै मन्त्री बनाइने पक्का भएको थियो ।
निवर्तमान मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मनाङलेलाई युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी दिएका थिए । अहिले पनि उनलाई उहीँ मन्त्रालय दिने तयारी गरिएको छ ।
गण्डकी प्रदेशमा सरकार गठनको तयारीमा रहेको विपक्षी गठबन्धन यतिबेला मन्त्रालय बाँडफाँटमा समेत आन्तरिक रुपमा छलफल चलाएको छ । तर, निष्कर्षमा भने पुगिसकेको छैन । नवनियुक्त मुख्यमन्त्री पोखरेलले पहिलो चरणमा तीनजनालाई विनाविभागीय मन्त्रीको रुपमा सपथ गराएर अगाडी बढ्न योजना बनाएको बुझिएको छ । काँग्रेसबाट मुख्यमन्त्री, माओवादी र जनता समाजवादीबाट पार्टीले पठाएका एक एक जनालाई मन्त्रीमा एकै पटक सपथ गराउन योजनामा उनी रहेका छन् ।
गण्डकीमा पहिले ७ मन्त्रालय मात्र रहेका थिए । पछि निवर्तमान मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले ११ मन्त्रालय बनाएका थिए । ११ मन्त्रालय बनाइएपछि काँग्रेस र माओवादीलाई ४/४,जसपालाई दुई र स्वतन्त्र सांसद राजीव गुरुङसहित ११ जनालाई मन्त्री बनाइने छ ।