नेकपा माओवादी केन्द्रले गण्डकी प्रदेशमा मधु अधिकारी गुरुङलाई मन्त्री बनाउने भएको छ । नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले आफूलाई समर्थन गर्ने दलहरुबाट एकएक जना मन्त्री समेटेर मन्त्रिपरिषद् विस्तार गर्ने तयारीमा जुटेका छन् ।
यसबीच माओवादी केन्द्रले लमजुङबाट निर्वाचित मधु अधिकारीलाई मन्त्री बनाउने भएको हो । उनी सहिद पत्नी हुन् । यसअघि उनले सभामुखमा समेत दावी गरेकी थिइन् । यस्तै जसपाबाट संसदीय दलका नेता हरिशरण आचार्य र स्वतन्त्र सांसद राजिव गुरुङ (दिपक मनाङे) (मन्त्री) बन्ने भएका छन् ।