Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

साउदी अरबले हज गर्न, जाने विदेशी तिर्थयात्रीहरुका लागि नयाँ मापदण्ड तोक्यो

साउदी अरबले हज गर्न, जाने विदेशी तिर्थयात्रीहरुका लागि नयाँ मापदण्ड तोक्यो

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

जेठ ३०, २०७८ आइतवार • १०:३७:३६ बजे
  • 1.1K
    SHARES
  • साउदी अरबले हज गर्न, जाने विदेशी तिर्थयात्रीहरुका लागि नयाँ मापदण्ड तोक्यो

    एजेन्सी । साउदी अरबले हज गर्न जाने विदेशी तिर्थयात्रीहरुका लागि नयाँ मापदण्ड तोकेको छ । जस अनुसार साउदीमा हज गर्न जानेले कोरोना भाइरसविरुद्धको खोप लगाएको हुनुपर्नेछ ।

    images

    कुनै जटिल रोग नलागेको स्वस्थ हुनु पर्ने नयाँ मापदण्डमा तोकिएको छ । यस पटक हज गर्न जानेहरुका लागि साउदी सरकारले उमेर पनि तोकेको छ । जस अनुसार १८ देखि ६५ बर्ष उमेर समूह तोकेको छ । त्यस्तै यसपटक ६० हजारभन्दा बढीलाई हजमा नपठाउने निर्णय गरेको छ ।

    विश्वभरि नै कोरोना भाइरसको सङ्क्रमणमा कमी नआएकाले यस्तो निर्णय गरिएको साउदी अरबले जनाएको छ । यसपालिको हजका लागि साउदी अरबमा रहने र साउदी अरबकै नागरिकलाई मात्रै अनुमति दिइएको छ । आउँदो जुलाईको मध्यदेखि हज यात्रा सुरु हुने रोयटर्सले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # साउदी अरब
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology