Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

गण्डकी सरकारको बजेट मुख्यमन्त्रीले नै प्रस्तुत गर्ने

गण्डकी सरकारको बजेट मुख्यमन्त्रीले नै प्रस्तुत गर्ने

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

जेठ ३०, २०७८ आइतवार • १३:४३:५५ बजे
  • 961
    SHARES
  • गण्डकी सरकारको बजेट मुख्यमन्त्रीले नै प्रस्तुत गर्ने

    गण्डकी प्रदेश सरकारको तर्फबाट बजेट मुख्यमन्त्री कृष्ण चन्द्र नेपाली पोखरेलले नै प्रस्तुत गर्ने तयारी गरेका छन् । ३१ जेठमा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने र १ असारमा ल्याउने बजेट नव नियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले नै प्रस्तसत गर्ने सरकारको प्रवक्ताको जिम्मेवारी पाएका मन्त्री कुमार खड्काले जानकारी दिए । साथै उनका अनुसार सोमाबार सार्वजनिक गरिने नीति तथा कार्यक्रम पनि मुख्यमन्त्री पोखरेलले नै नै वाचन गर्नेछन् ।’ शनिबार नेपाली कांग्रेसको तर्फबाट पोखरेल गण्डकी प्रदेशको मुख्यमन्त्री नियुक्त भएका थिए ।

    images

    सरकारका प्रवक्ता खड्काले छोटो समयमा सरकारको नीति तथा कार्यक्रम र बजेट ल्याउनुपर्ने बाध्यतामा रहेका उनले निवर्तमान मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङसँग छलफल गरेर अघि बढ्ने बताएका छन् । त्यस्तै आजै बसेको मन्त्रिपरिषद बैठकले पूर्व मुख्यमन्त्रीलाई दिनुपर्ने सम्मानबारे ऐन बनाएर अघि बढ्नेबारे पनि निर्णय गरेको प्रवक्ता खड्काले जानकारी दिए ।

    पूर्व मुख्यमन्त्रीको मर्यादामा सम्मान, मर्यादामा कुनै कमी नहुने गरेर जाने गरी यहाँका स्रोत र साधनले सम्भव हुने गरी गर्नुपर्छ भन्ने हाम्रो सहमति छ,’ उनले भने । प्रवक्ता खड्काले नवगठित सरकारले चाँडै विश्वासको मत लिने योजनामा रहेकोसमेत जानकारी दिए ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology