Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

अहिले गठबन्धन लामो टिक्ने खालको लाग्दैन :निवर्तमान मुख्यमन्त्री गुरुङ

अहिले गठबन्धन लामो टिक्ने खालको लाग्दैन :निवर्तमान मुख्यमन्त्री गुरुङ

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

जेठ ३०, २०७८ आइतवार • १५:३५:०४ बजे
  • 538
    SHARES
  • अहिले गठबन्धन लामो टिक्ने खालको लाग्दैन :निवर्तमान मुख्यमन्त्री गुरुङ

    पोखरा । गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले कोरोनाको महामारीमा सत्ता परिवर्तन र केन्द्रीय राजनीति प्रदेशमा केन्द्रित हुनु गलत भएको बताएका छन ।

    images

    गुरुङले बदलाको भावमा सरकार परिवर्तन गरिएको बताए ।आइतबार सरकारी निवास छोड्नु अघि गरेको पत्रकार सम्मेलनमा गुरुङले नेपाली मुख्यमन्त्रीमा नियुक्त भएका नेपाली कांग्रेका कृष्णचन्द्र नेपाली पोखरेल नेतृत्वको सरकारलाई प्रतिपक्षी दलको नेताका रुपमा सकारात्मक कामका लागि सहयोग गर्न प्रतिवद्ध रहेको बताए।

    यस्तै उहाँले गठबन्धनबाट बनाइएकाे सरकार जुनसुकै बेला पनि परिवर्तन हुन सक्ने भन्दै राजनीतिक नेताको कुण्ठाको कारण एमाले सरकार विस्थापित हुन पुगेको बताए। यस्तै उहाँले प्रदेश सङ्घीयताको अभ्यास भएकाले पहिलो कार्यकाल पाँच वर्ष नै बिताउनुपर्ने भएकाले संसद् विघटन गर्ने आफ्नो कुनै योजना नरहेको स्मरण पनि गराए ।

    सङ्घीयता बलियो बनाउनुपर्छ भनेर सङ्घ सरकार र आफ्नै पार्टीका नेतासँग लड्ने मान्छे आफू रहेको भन्दै उहाँले आफूले विश्वासको मत प्राप्त गर्न नसकेको र आफ्नै स्वार्थका लागि संसद् विघटन गर्न पनि नसक्ने प्रष्ट पारे ।

    सङ्घीयतामाथि चारैतिरबाट आक्रमण भइरहेको भन्दै उहाँले सङ्घीयता बलियो बनाउने पक्षमा आफू सधैँ सरकारको पक्षमा उभिने बताए ।

    जसरी गठबन्धन बनेको छ त्यो हेर्दा हालको सरकारको भविष्य पनि स्थिर नदेखिएको उनले बताए।

    उनले भने, ‘यो सरकार राम्रोसँग चलोस्, लामो समय चलोस्। तर गठबन्धन सरकारको भविष्य लामो नहुने विगतका उदाहरणले देखाएका छन्।

    अझ यो सरकार त पदका लागि पूर्व, पश्चिम उत्तर, दक्षिणका दल मिलेर बनेको गठबन्धनको भरमा छ। केही तलमाथि हुने बित्तिकै झगडा हुन्छ। त्यसैले अहिले गठबन्धन लामो टिक्ने खालको लाग्दैन, तर लामो समय चलोस् भन्ने चाहना छ।’

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology