Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

पूर्वसांसद अधिकारीको निधन

पूर्वसांसद अधिकारीको निधन

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

जेठ ३१, २०७८ सोमवार • ०९:५८:३८ बजे
  • 1.2K
    SHARES
  • पूर्वसांसद अधिकारीको निधन

    नेपाली कांग्रेस लमजुङका पूर्वसभापति एवं पूर्वसांसद हरिभक्त अधिकारीको निधन भएको छ । विगत सात वर्षदेखि मधुमेह, उच्च रक्तचापलगायत रोगले थलिएर ओछ्यानमै रहेका अधिकारीलाई कोभिड संक्रमण देखिएपछि जेठ २८ गते मनमोहन मेमोरियल अस्पताल स्वयम्भूमा उपचारका लागि लगिएको थियो ।

    images

    उनको आइतबार राति ११ बजे निधन भएको कांग्रेस लमजुङ–काठमाडौं सम्पर्क समितिका सभापति प्रदीपराज अधिकारीले जानकारी दिए । वि.सं. १९९८ पुस २१ गते लमजुङको दुराडाँडामा जन्मिएका अधिकारी वि / सं / २०५६ सालको प्रतिनिधिसभा निर्वाचनमा लमजुङ क्षेत्र नम्बर–२ बाट निर्वाचित भएका थिए । स्व. अधिकारीका श्रीमती, दुई छोरा र एक छोरी छन् ।

  • सम्बन्धित विषय:

  • # निधन
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology