Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

आजबाट मेलम्चीको खानेपानी काठमाडौंमा नआउने

आजबाट मेलम्चीको खानेपानी काठमाडौंमा नआउने

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

जेठ ३१, २०७८ सोमवार • १०:००:५३ बजे
  • 1.3K
    SHARES
  • आजबाट मेलम्चीको खानेपानी काठमाडौंमा  नआउने

    काठमाडौं उपत्यका खानेपानी लिमिटेडले मेलम्चीको खानेपानी  काठमाडौं नआउने भएपछि यस अघि बनाएको वितरणको तालिकामा फेरबदल गरेको छ । मेलम्ची आयोजनाका अनुसार मर्मत संहारको लागि २ महिना लाग्ने अनुमान गरिएको छ । मेलम्ची खानेपानी आयोजनाको मर्मत संहारका कारण नियमित आउँदै गरेको दैनिक १७ करोड लिटर पानी उपलब्ध नहुने भएकोले पानी आउने सूचीमा फेरबदल गरेको लिमिटेडले जनाएको छ ।

    images

    बदलिएको खानेपानीको तालिका मेलम्चीको मर्मत नसकिएसम्मको लागि लागू हुने लिमिटेडले जनाएको छ । नयाँ तालिका अनुसार थोरैमा ४ दिनमा एकपटक र बढीमा १२ दिन बिराएर पानी वितरण गरिने छ । केयूकेएलले सोमबार जारी गरेको विज्ञप्ति अनुसार महांकाल, मीनभवन, ठिमी स्टेसनबाट वितरण हुने पानी ७ दिन बिराएर वितरण हुनेछ ।

    5522.jpg

    बालाजु स्टेसनबाट वितरण हुने पानी ९ दिन बिराएर आउनेछ भने सैबु ललितपुरबाट वितरण हुने पानी १२ दिन बिराएर आउने भएको छ । सबैभन्दा कम भक्तपुर स्टेसन भएर वितरण हुने पानी भने ४ दिन बिराएर दिइने केयुकेएलले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # मेलम्ची
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology