Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

निर्वाचन आयोगले जनता समाजवादी पार्टीमा एक पक्षले अर्को पक्षलाई गरेको कारबाहीलाई मान्यता नदिने

निर्वाचन आयोगले जनता समाजवादी पार्टीमा एक पक्षले अर्को पक्षलाई गरेको कारबाहीलाई मान्यता नदिने

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

जेठ ३१, २०७८ सोमवार • १०:०३:१५ बजे
  • 559
    SHARES
  • निर्वाचन आयोगले जनता समाजवादी पार्टीमा एक पक्षले अर्को पक्षलाई गरेको कारबाहीलाई मान्यता नदिने

    निर्वाचन आयोगले जनता समाजवादी पार्टीमा एक पक्षले अर्को पक्षलाई गरेको कारबाहीलाई मान्यता नदिने निर्णय गरेको छ । आयोगको सो निर्णयसँगै जसपाले एकअर्कालाई गरेको कारबाहीसमेत खारेज भएको छ । आइतबार प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाको अध्यक्षता तथा आयुक्तहरू जानकी कुमारी तुलाधर, रामप्रसाद भण्डारी र ईश्वरीप्रसाद पौड्यालसहित बसेको बैठकले सो निर्णय गरेको हो ।

    images

    निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो पक्ष तथा जसपा संघीय परिषद् अध्यक्ष डा। बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादव दुवै पक्षले गरेको कारबाहीलाई आयोगले मान्यता नदिने निर्णय गरेको जानकारी दिए । एक अध्यक्षले अर्कोलाई निकालेको विषय अद्यावधिक गर्न भनिएकोमा हामीले राजीतिक दलसम्बन्धी ऐनअन्तर्गत नमिल्ने भनेका छौं,’ प्रवक्ता श्रेष्ठले भने ।

    यसैगरी, बैठकले राजनीतिक दलसम्बन्धी नियमावली, २०७४ को दफा २५ को उपनियम ६ बमोजिम सो दलको पदाधिकारीको विवरण साबिककै कायम रहने निर्णयसमेत गरेको छ । यसअघि भट्टराई–यादव पक्षले ठाकुर र महतोसहित चार जनालाई पार्टीबाट निष्कासन गरेको थियो भने ठाकुर–महतो पक्षले यादवलाई निष्कासन गरेको थियो । आयोगको निर्णयसँगै दुवै पक्षले गरेको निष्कासनको निर्णय अवैध भएको हो । समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology