Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

गण्डकी प्रदेश सरकारले आज नीति तथा कार्यक्रम प्रस्तुत गर्ने

गण्डकी प्रदेश सरकारले आज नीति तथा कार्यक्रम प्रस्तुत गर्ने

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

जेठ ३१, २०७८ सोमवार • १०:२०:०१ बजे
  • 1.2K
    SHARES
  • गण्डकी प्रदेश सरकारले आज नीति तथा कार्यक्रम प्रस्तुत गर्ने

    गण्डकी प्रदेशमा कृष्णचन्द्र नेपाली पोखरेल नेतृत्वको बनेको नयाँ सरकारले आज नीति तथा कार्यक्रम प्रस्तुत गर्ने भएको छ । यही असार १ गते भित्र बजेट ल्याइसक्नु पर्ने कानुनी ब्यवस्था भएपनि अन्तिम समयमा आएर नयाँ सरकार गठन भएकोले हतारमा सरकारले नीति तथा कार्यक्रम सहित बजेटको तयारी गरेको हो ।

    images

    मुख्यमन्त्री पोखरेलले आइतबार समय छोटो भएकाले नीति कार्यक्रम र बजेटलाई फास्ट ट्रयाकबाट कसरी अगाडि बढाउन सकिन्छ भनी निवर्तमान मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङसँग छलफल गरेका थिए । पृथ्वी सुब्बाको सल्लाह अनुसार नै आज सरकारले नीति तथा कार्यक्रम प्रस्तुत गरेको हो ।

    यसअघि गुरुङ नेतृत्वको सरकराले बजेटका सिद्धान्त तथा प्राथमिकता प्रस्तुत गरेको थियो । सरकारले सहभागी सबै दलहरूको घोषणापत्रलाई समेटेर विगतको सरकारले गरेका कामलाई निरन्तरता दिने गरी बजेट निर्माणको कार्य अगाडी बढेको छ । यस अघि बजेट र नीति तथा कार्यक्रमका वारेमा गुरुङ सरकारले आवस्यक तयार गरिसकेकाले त्यसमा केही हेरफेर गरेर प्रस्तुत गर्न लागिएको हो ।

    नयाँ सरकारले पदबहालीका क्रममा घोषणा गरेका पाठेघरको क्यान्सरको निशुल्क उपचार, विपद व्यवस्थापन कार्ययोजना बनाउने, पूर्व मुख्यमन्त्रीलाई आवश्यक सुरक्षा लगायतका कार्यलाई प्राथमिकतामा राखेर बजेट ल्याइने छ ।

  • सम्बन्धित विषय:

  • # गण्डकी प्रदेश सरकार
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology