Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

एमालेका अध्यक्ष केपी शर्मा ओलीले खनाल–नेपालसहितको एमाले स्थायी कमिटी बैठक बोलाउने तयारी

एमालेका अध्यक्ष केपी शर्मा ओलीले खनाल–नेपालसहितको एमाले स्थायी कमिटी बैठक बोलाउने तयारी

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

जेठ ३१, २०७८ सोमवार • १२:५९:०० बजे
  • 1.3K
    SHARES
  • एमालेका अध्यक्ष केपी शर्मा ओलीले  खनाल–नेपालसहितको एमाले स्थायी कमिटी बैठक बोलाउने तयारी

    प्रधानमन्त्री तथा नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले स्थायी कमिटी बैठक बोलाउने तयारी गरेका छन् । एमालेको २०७५ जेठ २ गतेसम्म कायम रहेको कमिटीको बैठक बोलाउने तयारी भएको हो । जेठ ३ गते नेकपा (माओवादी केन्द्र) र नेकपा(एमाले) भएकता भएर नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बनेको थियो । बैठक बोलाउने तयारी भएको स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वाङले जानकारी दिए ।

    images

    आह्वान नै त भइसकेको छैन तर, बोलाउने तयारी भइरकेको छ,” नेम्वाङले भने । ओलीले वरिष्ठ नेता माधव कुमार नेपाल–झलनाथ खनाललाई समेत बैठकमा समावेश गर्ने तयारी गरेका हुन् । त्यसका लागि ओलीले यसअघि आह्वान गरेको ६ बुँदे प्रस्तावअनुसार बैठक बोलाउने तयारी गरेको ओली निकट नेताहरुको भनाइ छ । तर, त्यसका लागि नेपाल–खनाल सहभागिताको सुनिश्चितताको खोजी भइरहेको छ ।

    नेपाल–खनाल समूहले भने कारबाही जारी नै भएको अवस्थामा एकता सम्भव नभएको भन्दै बैठकमा सहभागी हुने बारेमा केही बताएको छैन । ओलीले नेपाल–खनालसहित ११ जनालाई पार्टीको साधारण सदस्यबाट निष्कासन गरेका थिए । ६ बुँदे प्रस्तावमार्फत् ओलीले गरेको आह्वानलाई पनि नेपाल समूहले ६ बुँदे शर्तसहित अस्वीकार गरेको थियो । नेपालले नयाँ पार्टीका तयारी गरेपनि उनको समूहका दोस्रो तहका नेताहरुले भने एमाले छाड्न नहुने मत राखिरहेका छन् ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology