Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

महाधिवेशनको मिति पछाडि सारे त्यो आत्मघाती कदम : गगन थापा

महाधिवेशनको मिति पछाडि सारे त्यो आत्मघाती कदम : गगन थापा

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

जेठ ३१, २०७८ सोमवार • १६:५८:५२ बजे
  • 1.1K
    SHARES
  • महाधिवेशनको मिति पछाडि सारे त्यो आत्मघाती कदम : गगन थापा

    नेपाली कांग्रेसका नेता गगन थापाले भदौमा तय भएको पार्टीको १४औँ महाधिवेशन पछि सार्न नहुने बताएका छन् । महाधिवेशनको सम्बन्धमा छलफल गर्न नेपाली कांग्रेस जिल्ला सभापतिहरुको पहलमा सोमबार आयोजित भर्चुअल संवादमा थापाले महाधिवेशनको मिति पछाडि सारे त्यो आत्मघाती कदम हुने बताएका हुन् ।

    images

    छलफलमा उनले कांग्रेस गुनासो गर्ने पार्टी मात्रै भएको र जनतामा सन्देश लिएर जान नसकेको समेत बताए । महाधिवेशन गर्न नसक्ने पार्टीले देश सम्हाल्छु भनेर भन्नु ‘गफ’ रहेको थापाको तर्क थियो । “सबैले खेलको नियम बनायो तर, खेल्ने बेला नियम लागु गरिएन । जे–जे गर्न हुँदैन भनियो त्यही त्यही गर्दै हिँडियो ।

    अरुबेला विधान मिच्ने अप्ठ्यारो परेपछि विधानको सहारा लिने कांग्रेसमा भइरहेको छ । हाम्रो म्यासेज के हो त्यसमा लाग्नुपर्यो । गुनासोमात्र गर्ने पार्टी भयो । म्यासेज लिएर जानुपर्यो,” थापाले भने,“ अर्को मिति खोज्न थालियो भने त्यो आत्मघाती हुन्छ ।

    भदौमा अधिवेशन गर्न नसक्ने पार्टीले देश सम्हाल्न सक्छु भन्ने गफ नगरौँ । हामीले सभापतिलाई पनि भनिसकेका छौँ । तोकिएकै मितिमा महाधिवेशन हुनुपर्छ ।” कांग्रेसले भदौ १६ गतेदेखि १९ गतेसम्म केन्द्रीय महाधिवेशन गर्ने प्रस्ताव गरेको छ ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology